Comments Add Comment

प्रधानमन्त्री देउवाले भने-एक इन्च नेपाली भूमि भारतलाई छोड्दिन

सिमानामा काँडेतार लगाउन विद्यार्थीको सुझाव

११ माघ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एक इन्च नेपाली भूमि भारतलाई नछोड्ने बताएका छन् ।

पर्साको छपकैयामा सीमा मिचिएको बारे ध्यानाककर्षण गराउन पुगेको विद्यार्थीहरुको टोलीहरुलाई प्रधानमन्त्री देउवाले यस्तो जवाफ दिएका हुन् ।

प्रधानमन्त्रीलाई उदृत गर्दै अखिल क्रान्तिकारीका महासचिव उत्तम अधिकारीले भने,’हामीले स्थलगत अवलोकोन पश्चात सुझावसहित तयार पारेको प्रतिवेदन बुझायौं, प्रधानमन्त्रीले एक वाक्यमा ; म एक इन्च नेपाली भूमि भारतलाई छोड्दिन्न भन्नुभयो ।’

आफूहरुले प्रतिवेदनमा दीर्घकालीन समस्या समाधानका लागि सिमानामा काँडेतार लगाउन सुझाव दिएको महासचिव अधिकारीले जानकारी दिए ।

अखिल क्रान्तिकारी र अनेरास्ववियुका अध्यक्षद्वय रंजित तामाङ र नविना लामा नेतृत्वको संयुक्त टोली केही दिन अघि सीमा मिचिएको पर्साको छपकैयामा पुगेर प्रतिवेदन तयार पारेको थियो ।

उनीहरुले बुधबार सीमा विद्हरुसँग पनि छलफल गरेका थिए । स्थलगत अवलोकन र छलफललाई आधार बनाएर तयार पारिएको प्रतिवेदन उनीहरूले बालुवाटार पुगेर प्रधानमन्त्रीदेउवालाई बुझाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment