Comments Add Comment

प्रदेश ७ को प्रदेशसभाको पहिलो बैठक २१ गते

११ माघ, धनगढी । प्रदेश ७ का प्रमुख मोहनराज मल्लले प्रदेशसभाको पहिलो २१ गतेका लागि आह्वान गरेका छन् ।

जिल्ला समन्वय समितिको कार्यालय रहेको सभा हलमा प्रदेश सभाको पहिलो बैठक बस्ने गरी २१ गते दिउँसो १ बजे आह्वान गरिएको प्रदेश प्रमुख सचिवालयका सचिब युवराज सुवेदीले जानकारी दिए ।

प्रदेश सभामा एमालेका २५, माओवादी केन्द्रका १४, कांग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका दुई जना समेत ५३ जना प्रदेश सांसद छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment