Comments Add Comment

लहान नगरपालिकाको बजेट १ अर्ब ४७ करोड

१२ माघ, लहान । लहान नगरपालिकाको पहिलो नगरसभाले आर्थिक बर्ष ०७४/०७५ का लागि १ अर्ब ४७ करोड रुपैयाँ बजेट पारित गरेको छ ।

लहान नगरपालिका भित्रका पुरानो बजारलाई स्मार्ट सिटीमा परिणत गर्नेसँगै नयाँ बजार र चोकका बजारहरुलाई आकर्षक बजारमा परिणत गर्ने योजना पनि नगरपालिकाले लिएको छ ।

नगरसभाबाट पारित नीति कार्यक्रम तथा बजेटको निर्णयहरु सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख मुनि साहले नगरसभाबाट चालु आर्थिक वर्ष ०७४/०७५ का लागि १ अर्ब ४७ करोड २७ लाख ४० हजार ३२७ रुपैयाँको बजेट पारित भएको जनाए ।

नगरपालिकाले आन्तरिक स्रोतबाट १० करोड, राजस्व बाँडफाँट -रजिष्टेसन तर्फ) बाट १ करोड, अन्य आयबाट १२ करोड नेपाल सरकारबाट ५८ करोड, प्रदेश सरकारबाट ४ करोड २० लाख, नेपाल सरकारबाट विशेष अनुदानबाट ४० करोड, सडक बोर्डबाट ५५ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ । त्यस्तै जनसहभागिताबाट ३० लाख र बैंक तथा दातृ निकायबाट २० करोड गरी आम्दानी हुने अनुमान गरेको छ ।

नगरसभाले घण्टाघर, नगरसभा हल, डिजिटल वाचनालय, वा संग्रहालय, टाउन प्लानिङ चिडियाघर,बनाउने योजना अघि सारेको छ ।

यस्तै लहान नगरको नमुना सडक निर्माण, लगभग १७ देखि १८ किलोमिटरसम्म कालोपत्रे र कच्ची सडकमा ग्राभेल गर्ने, बद्धाश्रम सेफ हाउस, दलित, गरीब विपन्नलाई घरबाटो प्रमाणित सेवा शुल्कमा ५० प्रतिशत छुट दिनेजस्ता निर्णय लिएको नगर प्रमुख साहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment