Comments Add Comment

गाउँमा मोवाइल टावर निर्माण गर्न तीनवटा जहाज चार्टर

१४ माघ, दुनै । डोल्पाको ठुलीभेरी नगरपालिका वडा नं ५ र ६ का नागरिकहरुले मोवाइलमा कुरा गन पाउने भएका छन् ।

अहिलेसम्म मोवाइल नेटवर्क नरहेको वडा नं. ५ र ६ मा नमस्ते मोवाइलको टावरको निर्माण सुरु गरिएको छ ।

गाउँमा मोवाइल टावर निर्माण गर्नका लागि हजाइजहाज चार्टर गरेर सामग्रीहरु डोल्पा पुर्‍याइएको छ । विद्यार्थी नेता योगेन्द्र बुढाले जहाज चार्टर गरेर सामान डोल्पा पुर्‍याएका हुन् ।

अखिल क्रान्तिकारीका केन्द्रीयसदस्य समेत रहेका बुढाले सुर्खेतबाट समिट एअरको तीनवटा विमान चार्टर गरेर मोवाइल टावरको सामान डोल्पा पुर्‍याएका हुन् ।

डोल्पाको तल्लो तथा मध्य डोल्पाका विभिन्न वस्तीहरुमा तीन चार वर्षबाट मोवाइल टावर सञ्चालनमा रहेपनि उक्त दुई वडामा भने अहिलेसम्म पनि मोवाइल सेवा थिएन ।

टावर बन्ने भएपछि देश विदेशमा कुरा गर्न पाइनुका साथै फोन गर्नकै लागि एक दिन हिँडेर सदरमुकाम पुग्नु पर्ने बाध्यता टरेको भन्दै स्थानीयवासीहरुले खुशी ब्यक्त गरेका छन् ।

स्थानीय निर्वाचनमा माझफालका जनतालाई सञ्चारको समस्याबाट मुक्तगर्ने चुनावी नारा बनाएका बुढाले दश महिना भित्रै चुनावी बाचा पूरा गरेका हुन् ।

मोवाइल टावर ठुलीभेरी नगरपालिका वडा नं ६ मा पर्ने रिनपुले डाँडामा राखिने भएको छ ।

मोवाइएल टावर निर्माण पछि वडा नं ५ र ६ का झन्डै सातसय घरधुरी मोवाइल फोन सेवाबाट लाभान्वित हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment