Comments Add Comment

नेपाल एयरलाइन्सको दुबर्इमा नयाँ कार्यालय

१३, युएई । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले दुबईमा नयाँ कार्यालय उदघाटन गरेको छ ।

देरा दुबईको सलाउदिन एरियामा रहेको नयाँ कार्यालय जनवरी २६ शुक्रबार वैदिक मङ्गल मन्त्रोच्चारण सहित यूएईका लागि कार्यबाहक राजदूत सागरप्रसाद फुयालको प्रमुख आतिथ्यमा उदघाटन भएको हो ।

नेपाल एयरलाइन्सको नयाँ कार्यालय समुदघाटन कार्यक्रममा नेपाल वायुसेवा निगम, वाणिज्य बिभागका निर्देशक जनकराज कलाखेति बिशेष अतिथिका रूपमा उपस्थित भएर एयरलाइन्सले नेपाली वायुसेवाको क्षेत्रमा सकारात्मक सुधार गर्दै प्रगतिको पथमा लम्किरहेको जानकारी दिएका थिए ।

उक्त कार्यक्रममा नेपाली दूतावास परिवार, सम्पूर्ण नेपाली संघ संस्थाका पदाधिकारीहरु, ब्यबसायीहरु, पत्रकारका साथै उल्लेख्य मात्रामा प्रवासी उपस्थिति रहेको थियो ।

नेपाल एयरलाइन्सले दुबईमा सन् २०१६ अगस्ट १८ देखि सेवा पुनः सुरू गरेको हो ।

आइतबार, सोमबार, बुधबार र शुक्रबार गरि सातामा ४ वटा उडान भरिरहेको नेपाल एयरलाइन्सले अनलाइन टिकट बुकिङको व्यवस्था गरेको नेपाल एयरलाइन्सका यूएई प्रमुख रमेश पौडेलले जानकारी दिएका छन् ।

उनले नेपाल एयरलाइन्सले सस्तो दर, ५ सय ९० मा एकतर्फी र ११४५ दिराममा दुईतर्फी टिकटका साथमा गुणस्तरीय सेवा दिएको दाबी समेत गरे ।

उनका अनुसार हरेक टिकटमा ४० किलो लगेजका साथमा ७ किलो छुट्टै हातमा सामान लान सकिने र यात्रामा खानाका जुस, चिया, कफिको ब्यबस्था समेत भएको जानकारी दिएका छन् ।

नेपाल एयरलाइन्सको बोर्डिङ पास वाहकलाई चन्द्रागिरि हिल्स प्राली र काठमाडौं ग्रुप अफ होटेलले आफ्नो सेवामा ३० प्रतिशत छुट दिने पौडेलले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment