Comments Add Comment

रजनीकान्तको ‘२.०’ २ महिनापछि सर्‍यो, नेपाली फिल्मलाई फाइदा

केहि ठूला ब्यानरका नेपाली चलचित्रलाई दक्षिण भारतीय चलचित्र ‘२.०’ले हैरानी नै बनाएको छ । कारण, यो चलचित्रको प्रदर्शन मितिका कारण नायिका केकी अधिकारीदेखि नायक प्रदिप खड्काका चलचित्रले रिलिज डेट पक्का गर्न सकेका थिएनन् । कहिले नेपाली मिति अनुसार चैत्र ३० त कहिले वैशाख १४, यो चलचित्र कहिले आउँछ एकिन थिएन ।

तर, अब नेपाली चलचित्रका मेकरले लामो श्वास फेर्दा हुने भएको छ । भारतको चर्चित अनलाइन बलिउड हंगामा अनुसार यो चलचित्रको प्रदर्शन मिति फेरि पछि सरेको छ । अब, यो चलचित्र १ वा २ महिना ढिलो रिलिज हुनेछ । उच्च भीएफएक्स प्रविधीका कारण चलचित्रको प्रदर्शन मिति तय गर्न नसकिएको हो ।
साउथका सुपरस्टार रजनीकान्त, नायक अक्षय कुमार र एमी गौतम अभिनित यो चलचित्र प्रतिक्षामा छ ।

अब नायक प्रदिप खड्का अभिनित चलचित्र ‘लिलिबिली’ चैत्र ३० मा रिलिज हुन्छ या वैशाख १४ मा प्रतिक्षा गरौ । साथै, नायिका केकी अधिकारीले निर्माण गरेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’को रिलिज डेट वैशाख १४ नै रहन्छ या चैत्र ३० । अहिलेसम्म चैत्र ३० गते चलचित्र ‘नेप्टे’ले मात्र प्रदर्शन मिति तय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment