Comments Add Comment

कोकाकोला र मम खाँदै काठमाडौं दौडाहमा प्रियंका

कोकाकोला मोःमोत्सव

झोंछे गल्लीको मध्यतिर रहेको एक रेष्टुरेन्टमा भेटिइन्, अभिनेत्री प्रियंका कार्की । सेतो वानपिस र भुवादार कोटमा ठाँटिएकी उनी मम खाइरहेकी थिइन् । ‘यहाँ बेग्लै खालको मम रहेछ’ प्रियंकाले स्वाद लिँदै सुनाइन्, ‘तन्दुरी मम, तपाई पनि खाएर हेर्नुहोस् त !’

यतिबेला साँझ पाँच बजिसकेको थियो । प्रियंकाले यसबेलासम्म केही प्लेट मम खाइसकेकी रहिछन् । किनभने, दिनभर शहर चाहर्दै उनी मम चाखिरहेकी थिइन् । आधा दर्जन आउटलेटमा ममको स्वाद लिइसकेका उनी अझै अघाएकी थिइनन् । तर, भन्दै थिइन्, ‘म फुडी चाहिं होइन हैं, धेरै खान सक्दिन ।’

खासमा कामै खाने भएपछि, नखाई भएन । भनिहालौं, उनी एक यस्तो क्याम्पियनमा थिइन्, जसमा मम चाख्नैपर्ने । क्याम्पियन हो, मोःमोत्सव । प्रिज्मा एडर्भटाइजिङले यसको मेलोमेसो मिलाएको रहेछ । नितिन रेग्मी यसैको दौडधुपमा थिए ।

खासमा कोल्ड ड्रिक (कोकाकोला)सँग ममको कम्बिनेसन कस्तो छ भन्ने जान्न पनि यो क्याम्पियन चलाइएको रहेछ, जसमा सेलिब्रेटीसँगै आगन्तुकले मम र कोल्ड ड्रिंकको स्वाद लिन पाउँथे । भलाकुसारी गर्न पाउथे । फोटो खिच्न पाउथे । हामीले भेट्दा पनि प्रियंका केही मम पारखीसँग फोटोको पोज दिइरहेकी थिइन् ।

भनिरहनुपरेन, काठमाडौंको लोकपि्रय खान्की हो, मम । ममको स्वादमा शहरबासीको जिब्रो लोभिएको छ । तर, उनीहरु ममसँगै कोल्ड डि्रंक पनि लिने गर्छन् । मम र कोल्ड ड्रिक एकअर्काको परिपुरक रहेको प्रियंकाले सुनाइन् । ‘मम र कोकाकोलाको कम्बिनेसन एकदम मिल्छ’ पि्रयंकाले भनिन् ।

कोकाकोलाको मोःमोत्सव अन्र्तगत यसैगरी सेलिब्रेटीलाई हिँडाइन्छ । सेलिब्रेटीले विभिन्न आउटलेटमा गएर मम पारखीसँग भलाकुसारी गर्छन् । विगत तीन बर्षयता प्रियंका दौडाहमा छिन् । यसपाली काठमाडौंबाहेक पोखरा र भरतपुरमा पनि मोःमोत्सव आयोजना गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment