Comments Add Comment

स्थानीय तहलाई समेटेर तोकियो नयाँ मर्यादाक्रम, कसको स्थान कहाँ ?

वरियतामा पूर्वराष्ट्रपतिभन्दा प्रदेश प्रमुख माथि

१६ माघ, काठमाडौं । सरकारले विशिष्ट व्यक्तिदेखि स्थानीय तहका पदाधिकारीसम्मको मर्यादाक्रम तोकेको छ । सरकारले प्रदेश र स्थानीय तहलाई समेत समेटेर नयाँ वरियताक्रम निश्चित गरेको हो ।

यसअघि निर्धारण गरिएका वरियता क्रममा प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश मन्त्री तथा प्रदेश सांसदहरुलाई समेटिएको थिएन ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, प्रदेश प्रमुख, पूर्वराष्ट्रपति, प्रदेश मुख्यमन्त्रीदेखि सबै तहको वरियताक्रम निश्चित गरेको शिक्षामन्त्री गोपालमान श्रेष्ठले जानकारी दिए ।

वरियतामा पूर्वराष्ट्रपतिभन्दा प्रदेश प्रमुख माथि छन् । प्रदेश सभाका संसदहरुले संवैधानिक निकायका प्रमुख, महान्यायाधिवक्ता, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति सरह वरियता पाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment