Comments Add Comment

मृत्युको मुखबाट फर्किएका थिए अमिताभ

मुम्बई । बलिउड अभिनेता अमिताभ बच्चनको स्वस्थ्यको कुरा आउने बित्तिकै हिन्दी चलचित्र ‘कुली’ को प्रसंग आइहाल्छ । सुटिङको क्रममा भएको दुर्घटनामा उनी गम्भिर घाइते भएका थिए । धेरैले उनलाई उक्त घटनामा मृत्युको मुखबाट फर्किएको भनेर टिप्पणी गर्ने गरेका छन् ।

मुम्बईमा आयोजित एक कार्यक्रममा उनले आफ्नो जीबनमा घटेका दुर्घटनासंग सम्बन्धित केही घटनावारे वेलीविस्तार लाए ।

अभिनेता बच्चनका अनुसार दिवालीको अवसरमा एकपटक उनको हात पुरै जलेको थियो । हातको उपचारका लागि धेरै समय खर्चिन परेको उनको भनाई थियो । उनको बायाँ हातमा चोट लागेको थियो । हातको घाउ निको नहोउन्जेल उनले कहिल्यै सर्टको टाँक पनि लगाउन सकेनन् ।

त्यसो त उनी ‘कौन बनेगा करोडपति’को दौरानमा पनि बिरामी भएका थिए ।

‘सन् २००० मा जब मैले कौन बनेगा करोडपति सुरु गरेँ । हड्डीमा समस्या देखियो । कुर्सीमा बस्न पनि समस्या हुन थाल्यो । ‘चेक जाँचपछि थाह भयो मलाई टिभी भएको रहेछ । औषधी खाएपछि अहिले टिभी मुक्त भएको छु,’ अमिताभको भनाइ थियो ।

६० पिन्ट रगत

सन १९८२ मा ‘कुल्ली’को सुटिङको क्रममा दुर्घटनामा परेपछि ६० पिन्ट रगतको खाँचो थियो । तर, उनलाई २०० जनाले रगत दिएका थिए । त्यही रगत दिने मध्ये एकजनालाई हेपाटाइटस बी भएको रहेछ ।

सुरुमा रगत जाँच गर्दा हेपाटाइटिस भएको पत्ता नलागे पनि पछि उनको शरीरमा आक्रमण गरेपछि हेपाटाइटिस बी भएको पत्ता लागेको थियो । अमिताभ भन्छन्, ‘हेपाटाइटिस बी भाइरसले मेरो ७५ प्रतिशत कलेजो खाइसकेको रहेछ । उपचारपछि पूर्ण रुपमा निको भएँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment