Comments Add Comment

भारतमा ८ महिने शिशु बलात्कृत


१६ माघ, काठमाडौं । भारतमा मात्र ८ महिनाको शिशु बलात्कृत भएकी छन् । पीडित शिशुको अवस्था गम्भीर छ भने उनको काकाको छोरालाई पक्राउ गरेको छ ।

उनको यौनाङ्गमा चोट लागेको छ र अहिले सर्जरी गरिएको हिन्दुस्तान टाइम्सले जनाएको छ । एक वरिष्ठ प्रहरी अधिकारीले भने, ‘अवस्था गम्भीर रहेको डाक्टरले बताएका छन् ।’

यो घटना उत्तर पश्चिम दिल्लीको सकुर बस्तीको हो । प्रहरीका अनुसार आइतबार विहान पीडितकी आमाबाबु सानी नानीलाई दुई छोरीहरुसँग छोडेर काममा गएका थिए ।

उनीहरु घरको पहिलो तलामा बस्थे भने ग्राउण्ड फ्लोरमा परिवारका अन्य सदस्य पनि थिए । तर, साँझ कामबाट फर्किँदा छोरी रगताम्मे अवस्थामा भेटिएकी थिइन् ।

शिशुलाई काकाको छोराले घरको अर्को भागमा लगेर बलात्कारको प्रयास गरेको अभियोग लागेको छ । बालिका बेहोस हुनका साथै रत्तस्राव भएपछि छाडेर भागेका थिए ।

उनलाई अर्को दिन मात्र पक्राउ गरिएको हो । बलिबाहित उनले आफ्नो अपराध स्वीकार गरेको समेत प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment