Comments Add Comment

‘बडका आदमी’ बन्न कटेरोमा अक्षर चिन्दै बालबालिका

प्राध्यानाध्यापकको तलब मासिक ६ हजार

१६ माघ, सिमरा । जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका-१७ मा एक प्राथमिक विद्यालय छ । जहाँ ७० जना बालबालिका अध्ययनरत छन् ।

जिल्ला शिक्षा कार्यालय बाराले २०६६ सालमा विद्यालय संचालनका लागि दिएको अनुमतिबाट जिल्लाको सहजनाथ साझेदारी वन क्षेत्रको चारकोसे झाडीमा स्थापन गरिएको कटेरो ( झुप्रो)मा अहिले प्राय बिपन्न र सुकुम्बासी परिवारका बालबालिका भर्ना भएका छन् ।

शिक्षा कार्यालयले विद्यालय संचालनका लागि अध्ययन र अवलोकन नै नगरी अनुमति दिएका कारण ७० बालबालिका अहिले चिसोमा कष्टपूर्ण पठनपाठन गर्न बाध्य छन् ।

खरले छाएको सानो घरमा सबै कक्षाका बालबालिकाले घरबाटै ल्याएको बोरा र सुकुलको सहारमा कखरा चिन्दै आइरहेका छन् ।

विद्यालयमा कक्षा १ देखि ४ सम्मका बालबालिका एउटै कक्षामा पठ्न बाध्य छन् । जहाँ जिर्ण अवस्थाको एक झुप्रो छ । डेस्क र कालोपाटी समेत छैन । तर, अभावग्रस्त अवस्थामै बालबालिकाहरुले सुनौलो भविष्य खोजिरहेका छन् ।

चार ओटा कक्षाका ७० बालबालिकाकालाई अहिले प्रध्यानाध्यापक लक्ष्मी चौधरीसहित एक कार्याल्ाय सहयोगीले एउटै कक्षामा राखेर पठनपाठन गराउँछन् ।

विद्यालयमा भर्ना भएका करिब ७० मध्ये प्राय दुई दर्जन विद्यार्थी मात्र विद्यालयमा नियमित पढन आउने गरेका छन् । यहाँ पढिरहेका विद्यार्थीहरु पनि उज्यालो भबिष्यको आशामा छन् । कक्षा २ मा पढने राहुल पासवान पढेर ठूलो मान्छे -बडका आदमी) बन्ने र डाक्टर बन्ने लक्ष्य लिएका छन् ।

यता राहुलकी प्रध्यानाध्यापक चौधरीले जिल्ला शिक्षा कार्याल्ायबाट बालबिकास अनुदानमा आएको ६ हजार तलबमा केही समयदेखि जिम्म्ोवारी सम्हाल्दै आएकी छन् । कक्षा १० सम्म अध्ययन गरेकी चौधरीले जाडोमा विद्यालय कहिलेकाँही मात्र पढाइ हुने भन्दै समय बिताउने काम भइरहेको बताउँछिन् ।

‘चिसोमा अभिभावकले नै स्कुल पढाउन मान्दैनन्, कोठामा डेस्क बेन्च र कालोपाटी समेत छैन,’ उनी भन्छिन् -‘घाम लाग्दा मात्रै अलिअलि पढाउँछौं ।’

जिल्लामा धेरै विद्यालय यसैगरी चलिरहेका छन् । शिक्षा कार्यालयले समेत बेलाबखत विद्यालय अनुगमन गरेपनि बन क्षेत्रमा बिद्यालय संचालन भएका कारण भौतिक संरचना निर्माणमा कठिनाइ भएको उनको बुझाइ छ ।

विद्यालयकी कार्यालय सहयोगी कल्पतीयादेबी राम पनि शिक्षक जस्तै हुन् । प्रअ लक्ष्मी अनुपस्थित भएका बेला उनका वरिपरी बसेर बालबालीकाले पुरै समय अध्ययन गर्छन् । उनले मासिक चार हजारमा महिनाभरी काम गर्दै आएकी छिन् ।

के भन्छन् जिम्मेवार निकाय ?

विद्यालयका डुमरवाना श्रोतकेन्द्र अन्र्तगतका विद्यालय निरीक्षक श्यामसुन्दर सापकोटाले विद्यालयको अवस्था दयनीय रहेको भन्दै ७० बालबालिकाको भविष्य अन्योलमा रहेको स्वीकार गरे । उनले यहाँको वस्ती नै अस्थायी भएकाले विद्यालयको भौतिक पूर्वाधार निर्माणमा समस्या भएको बताए ।

उता जिल्ला शिक्षा अधिकारी लालबाबु शाहले जिल्लाको यो विद्यालयका बारेमा आफू जानकार नभएको बताए । उनले बिगतका कार्याल्ायका कमजोरी केलाउनुभन्दा अब स्थानिय सरकारले शैक्षिक क्षेत्र सुधारको अभियानमा लाग्नुपर्ने बताउँछन् ।

‘अब यस्ता बिद्यालयलाई स्थानिय सरकारले नियमन गर्नुपर्छ,’ साहले भने, -‘यस्ता समस्या जिल्लामा धेरै छन्, म पनि नयाँ नै छु , सबै कुरा मलाई पनि जानकारी छैन ।’

यस्तै जितपुरसिमराका मेयर डा. कृष्ण पौडेलले जिल्लाको शैक्षिक क्षेत्रको सबै जिम्मेवारी जिल्ला शिक्षा कार्यालयले नै लिनुपर्ने बताएका छन् ।

उनले यस वर्ष त्यस्ता विद्यालयको तथ्याँक अध्यावधिक गरिने र आगामी वर्षदेखि जिर्ण विद्यालयलाई पूर्ण ब्यवस्थापन गरी शैक्षिक गुणस्तर लगायत भौतिक सुबिधा र पूर्वाधार सम्पन्न गराइने बताए ।

२०६० सालदेखि जंगल भित्रको बनेको मठियानी नाम गरेको गाउँमा केही सुकुम्बासी परिवारले जीवन बिताउँदै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment