Comments Add Comment

सत्तालिप्साका कारण मुलुक संकटको चक्रब्युहमा : कमल थापा

फाइल फोटो

१६ माघ, काठमाडौं । राष्ट्रिय प्रजातान्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रमुख दलहरुको सत्तालिप्सा र अकर्मण्यताका कारण मुलुक संकटको चक्रव्युहमा परेको बताएका छन् ।

शहीद दिवसको अवसरमा धुमबराहीस्थित पार्टी कार्यालयमा मंगलबार आयोजित श्रद्धाञ्जलीसभामा उनले दलका नेतामा देखिएको सप्तालिप्साले मुलुकलाई संकटतर्फ धकेल्दै लगेको बताएका हुन् ।

‘प्रमुख दलहरुको अर्कमन्यता गलत नीति र सत्ता लिप्साका कारण देश संकटको चक्रब्युहमा परेको छ । नेपालको राष्ट्रिय अखण्डतामाथि प्रश्न चिन्ह खडा भएको छ । बाह्य हस्तक्षेप, भ्रष्टाचार धार्मिक सांस्कृतिक पहिचान संकटमा परेको छ’ उनले भने ।

नयाँ जनादेशपछि पनि सत्तामै बसिरहेको भन्दै एमाले माओवादी केन्द्र लगायतले सत्तारुढ दललाई सत्तालिप्सामा चुर्लुम्म डुबेको भनी आलोचना गरिरहेका बेला सत्ता साझेदार दलका अध्यक्ष एवं सरकारका उपप्रधानमन्त्रीले यस्तो अभिव्यक्ति दिएका हुन् । उनले विगतको त्रुटीले नेपालको राष्ट्रिय एकता र अखण्डतामा प्रश्न चिन्ह उठेको र भ्रष्टाचार बढ्दै गएको पनि उल्लेख गरे ।

उपप्रधानमन्त्री थापाले सबै दलका नेतालाई दलीय स्वार्थभन्दा माथि उठेर काम गर्न पनि आहृवान गरे । ‘बाहृय शक्तिको प्रभाव र हस्तक्षेप अन्त्य गर्न, भ्रष्टाचार निवारण गरेर सुशासनको प्रत्याभूति दिलाउन र आर्थिक समृद्धि कायम गरेर विदेशमा रहेकाहरुलाई स्वदेश फर्काउन पार्टीको स्वार्थ भन्दा माथि उठेर काम गर्न आग्रह गर्छु’ उनले भने ।

दलीय स्वार्थभन्दा माथि उठेर काम गर्नसके मात्रै शहीदहरुप्रति सच्चा श्रद्धाञ्जली हुने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment