Comments Add Comment

विद्यार्थीको खाजा बजेट शिक्षकले बाँडेको आरोप

यमुना खनाल

प्रतीकात्मक तस्वीर

१७ माघ, सिरहा । जिल्लाको एक विद्यालयका शिक्षकहरुबीच विद्यार्थीको लागि आएको खाजा बजेट बाँडफाँटमा विवाद हुँदा डेढ महिनादेखि पढाई प्रभावित भएको छ ।

सिरहाको मिर्चैया–१२ मा रहेको श्री मोजै जनता प्राथमिक विद्यालय, भरेवा सिक्रोनका शिक्षकबीच विद्यार्थीलाई आएको खाजा बजेट बाँडफाँटका क्रममा भएको विवादले डेढ महिनादेखि पठनपाठन ठप्प हुन पुगेको हो ।

विद्यालयका शिक्षक प्रदीप साहले विद्यार्थीको खाजाका लागि आएको रकममा शिक्षकबीच नै विवाद हुँदा पठनपाठन प्रभावित भएको बताए ।

अभिभावक तथा विद्यालयका शिक्षकहरुका अनुसार, खाजा कार्यक्रमका लागि आएको १ लाख ८४ हजारमध्ये २५ हजारको मात्रै खाजा वितरण गरेर बाँकी रकम केही शिक्षकबीच बाँडिएको छ । यही भागबण्डामा नपरेका शिक्षकले विवाद गरेपछि डेढ महिनादेखि पठन पाठन हुन नसकेको विद्यालयका शिक्षक साहले बताए ।

विरोध गर्ने शिक्षकलाई धम्की

विद्यालयका शिक्षक साहले विद्यार्थीको खाजा कार्यक्रमका लागि आएको पैसाबाट विद्यार्थीलाई खाजा नै वितरण गर्नुपर्ने बताउँदा आफूमाथि ज्यान मार्ने धम्की दिइएको गुनासो गरेका छन् । ‘गुणस्तरीय शिक्षाका लागि पहल गर्नुपर्ने विचार राख्दा विद्यालयका प्रधानाध्यापकबाट गुण्डा लगाएर मार्ने धम्की आएको छ ।’

उनले खाजा रकममा भएको अनियमितताबारे आवाज उठाउँदा कात्तिक महिनाको तलबसमेत रोकेर राखिएको गुनासो गरे ।

प्रधानअध्यापक आशा भुरेरले भने खाजा कार्यक्रममा अनियमितता नभएको बताइन् । उनले आफूलाई फसाउन अनावश्यक लाञ्छना लगाइएको भन्दै आरोपको खण्डन् गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment