Comments Add Comment

प्रदेश प्रमुखले बोलाए सर्वदलीय बैठक

१७ माघ, जनकपुर । प्रदेशसभाको पहिलो बैठकको तयारीबारे छलफल गर्न प्रदेश २ का प्रमुखले सर्बदलीय बैठक बोलाएका छन् ।

प्रदेश प्रमुख रत्नेश्वर कायस्थले बिहीबार प्रदेशसभामा उपस्थित दलहरुको बैठक बोलाएका हुन् । बैठकमा संघीय समाजवादी फोरम नेपाल, राजपा, एमाले,कांग्रेस, माओवादी केन्द्र र संघीय समाजवादी पार्टीको प्रतिनिधि सहभागी हुनेछन् ।

प्रदेशसभाको पहिलो बैठकको तयारी लगायतका विषयमा छलफल गर्न बोलाइएको बैठकमा जेष्ठ सदस्यसहित प्रत्येक दलबाट तीनतीन जना उपस्थिति भनिएको छ ।

प्रदेश २ को पहिलो बैठक माघ २१ गते बस्नेछ । स्थानीय शैक्षिक तालिम केन्द्रलाई प्रदेशसभा बैठक स्थल तोकिएको छ ।

त्यसका लागि आवश्यक तयारी भइरहेको छ । सभाकक्ष मर्मतसम्भार, फर्निचर र भौतिक सामग्रीको व्यवस्थापन भइरहेको डिभिजन कार्यालयका प्रमुख गंगाप्रसाद यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment