Comments Add Comment

मेरो त उडान रद्द भयो, अरु कसरी उडे ?

१५ माघ दिउँसो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा यात्रु खचाखच थिए । यात्रुको चापले बाहिरको चिसो पनि बिर्साइरहेको थियो । प्रतिक्षालयका सिट भरिभराउ थिए । उभिन बाध्य यात्रुमध्ये कोही गफिइरहेका थिए भने कोही टीभी स्क्रिनमा उडान तालिका हेर्दै थिए ।

बेला-बेलामा विमानस्थल प्रशासनको सूचना बज्दा सबैका कान ठाडा हुन्थे । समयमै उडान हुने यात्रु खुशी हुँदै काउन्टरतिर लम्किइरहेका थिए । ‘डिले’ या रद्द हुनेहरु निराश हुँदै प्रतीक्षा गर्न बाध्य थिए ।

केही यात्रु त लगातार २/३ दिनदेखि विमानस्थल आएर जहाज उड्ने पालो कुरिरहेको बताउँदै थिए । लगातार उडान रद्द हुनुको कारण बताइने गरेको रहेछ, खराब मौसम ।

पंक्तिकारलाई बुद्ध एयरको जहाजबाट विराटनगर उड्नु थियो । घडीतिर नजर लगाउँदा उडानको समय १० मिनट मात्र बाँकी थियो । केही बेरमै सूचना बज्यो, ‘कृपया बुद्ध एयरको उडान नम्बर ७१३ बाट विराटनगर प्रस्थान गर्नु हुने सम्पूर्ण यात्रु महानुभावहरु काउन्टरमा सम्पर्क राख्नुहोला ।’

शुरुमै मनमा चिसो पस्यो, कतै उडान रद्द त हुँदैन । केही क्षणमै टीभी स्क्रिनमा देखियो, उडानको समय चार बजेको साटो साँझ ६ः१५ लाई सारिएको ।

राति नै भए पनि विराटनगर पुगिने आशा जाग्यो । उडान पर्खिरहेका एक बैंक कर्मचारी प्रतिक्षालयमा टहलिरहेको भेटिए । गफिएरै समय बिताउन पाइने कुराले थप उत्साहित बनायो ।

उनको टिकट थियो, सौर्य एयरलाइन्सको । उनको जहाज पनि ५ः३० मात्र उड्ने तय भएको थियो ।

शुरुमै मनमा चिसो पस्यो, कतै उडान रद्द त हुँदैन । केही क्षणमै टीभी स्क्रिनमा देखियो, उडानको समय चार बजेको साटो साँझ ६ः१५ लाई सारिएको ।

यत्तिकैमा मेरो उडानको समय आयो । र, सन्देश बज्यो, ‘कृपया उडान नम्बर ७१३का यात्रुहरु आफ्नो बोर्डिङ गराएर जहाज भएतिर लाग्नुहोला ।’

खुशी हुँदै बोर्डिङ गराएर जहाजसम्म पुर्‍याउने बसतिर लम्किएँ । अरु यात्रुसहित जहाजमा पुगेर बसियो । जहाज उड्ने आशामा रहेका सबैलाई एक्कासी एयर होस्टेजले सूचना दिइन्, ‘तपाईंहरुको उडान रद्द भयो ।’

‘किन रद्द भयो ?’ यात्रुको प्रश्न ।

‘विराटनगरको मौसम खराब भएकाले,’ बुद्ध एयरका कर्मचारीको जवाफ ।

अधिकांश यात्रुमा मौसम खराब भएकैले उडान रद्द भएको विश्वास थिए । केही त जहाजमै बसिरहने कुरा पनि गर्दै थिए । करिब १० मिनटसम्म सबै यात्रु जहाजमै बसिरहे ।

जहाजबाट ओर्लिएर आक्रोसित हुँदै झिटिगुन्टा बोकेर विमानस्थलबाट बाहिरिनुको विकल्प थिएन, यात्रुसँग ।

काठमाडौंमै घर या डेरा भएकाहरुलाई त आ-आफ्नै थलोमा फर्किन असहज हुने कुरा भएन । दुवै नभएकाहरुका लागि एक रातको होटेल र खानाको खर्चले पिरोल्नु स्वाभाविकै थियो ।

यत्तिकैमा विमानस्थलमा भेटिएका बैंक कर्मचारीको सम्झना आयो । तर, उनको फोन लागेन ।

जहाजबाट ओर्लिएर आक्रोशित हुँदै झिटिगुन्टा बोकेर विमानस्थलबाट बाहिरिनुको विकल्प थिएन, यात्रुसँग ।

विमानस्थलबाट बाहिरिएर होटल पुगियो । ती बैंक कर्मचारीसँग फोनमा कुरा भयो, ‘तपाईं कहाँ हुनुहुन्छ ?’

उनको जवाफ आयो, ‘म त विराटनगर उत्रेर कोठामा पुगिसकें ।’

‘विराटनगरको मौसम खराब भएपछि कसरी जहाज उड्यो त ?’ मेरो प्रश्नमा उनले भने, ‘त्यो त थाहा भएन तर मेरो जहाज उड्यो ।’

बिहानै बस चढेको भए म पनि विराटनगर पुगिसक्थें । बुद्ध एयरको जहाज कुर्दा काठमाडौंमै थन्किनु परेकामा दिक्क लाग्यो ।

भोलिपल्ट एक ट्राभल एजेन्सीको कार्यालयमा पुगें । त्यहाँका कर्मचारीले ‘केहीबेर बस्नुस्, म टिकट लिने प्रयास गरिदिन्छु’ भने । यसअघि आधा दर्जन ट्राभल एन्ड टुर्समा पुग्दा टिकट नभएको बताइएको थियो । त्यसैले पछिल्लो ट्राभल एजेन्सीसँगै भर पर्नुको विकल्प थिएन ।

केहीबेरमा उनले भने, ‘के हो यो कर्मचारीहरुको तमासा ? कुनैबेला ७५ सयको टिकट फ्याल्छ, कुनैबेला टिकट नै छैन भनेर सूचना दिन्छन् । जे मन लाग्यो त्यही गर्दा रहेछन् ।’

उनी अनलाइन टिकट बुकिङ गर्ने प्रयास गरिरहेका थिए । करिब ४० मिनटपछि बल्ल उनी मेरा लागि टिकट बुक गर्न सफल भए ।

टिकट मेरो हातमा थमाउँदै उनले भने, ‘एयरलाइन्सका कर्मचारीहरुले सबै सिटको टिकट इन्टरनेटमा हाल्दैनन् । केही आफ्ना लागि बचाएर राखेका हुन्छन्, ब्ल्याकमा बिक्री गर्न या आफ्ना मान्छेलाई दिन । त्यही भएर हामीलाई टिकट बेच्न गाह्रो भइरहेको छ ।’

उनी दिनमा दुईदेखि पाँच वटासम्म मात्रै टिकट बेच्न पाएको गुनासो गर्दै थिए । उनको भनाइ थियो, ‘अन्तिम समयसम्म पनि कर्मचारीहरुले टिकट लुकाएर राख्छन् । र, धेरै जहाज खाली नै उड्छन् ।’

नभन्दै जहाजमा छिरेपछि एयर होस्टेजको भनाइले त्यही कुरा पुष्टी गर्‍यो । एयर होस्टेज भन्दै थिइन्, ‘कृपया पछाडि खाली भयो, आएर बसिदिनोस् । नत्र जहाजको सन्तुलन बिग्रिन्छ ।’

उनी भन्दै थिए, ‘देख्नु भयो कर्मचारीको बदमासी ? मैले अघि नै भन्या होइन, टिकट आफैं रिजर्व राख्छन् र अन्तिममा जहाज खाली नै उडाउँछन् भनेर ।’

त्यसदिनको उडान नम्बर ७१३ को जहाजका करिब ३० प्रतिशत सिट खाली थिए । फेरि जहाज रद्द भयो । त्यतिबेला कारण बताइयो, ३० प्रतिशत सिट खाली नै छन् । सास्ती पाउने फेरि यात्रु नै थिए ।

बुद्ध एयरका कर्मचारीको यो हदको बदमासी व्यवस्थापनको जानकारीमा छ कि छैन होला ? मेरो जिज्ञासा यो सामग्री तयार पार्दै गर्दा पनि शान्त भएको छैन ।

अघिल्लो दिन बुद्ध एयरका कर्मचारीले भनेजस्तै विराटनगरको मौसम खराब थियो भने सौर्य एयरको उडान नम्बर ७२१ को जहाज कसरी अवतरण गर्‍यो होला त ?

रद्द भएको टिकटको रकम लिन ट्राभल एजेन्सीमा पुगियो । उनी भन्दै थिए, ‘देख्नु भयो कर्मचारीको बदमासी ? मैले अघि नै भन्या होइन, टिकट आफैं रिजर्व राख्छन् र अन्तिममा जहाज खाली नै उडाउँछन् भनेर ।’

उनको भनाइ मान्ने हो भने त बुद्ध एयरका कर्मचारी संस्था नै धरासायी बनाउने खेलमा छन् । र, त्यसको सास्ती यात्रुले बेहोरिरहेका छन् ।

बदमासी गरेर जहाज नउडाउने त छँदैछ रद्द भए पनि यात्रुसँग रुखो व्यवहार गर्ने उक्त एयराइन्सका कर्मचारीको प्रवृत्ति अनौठो रहेछ । जहाजमा बस्दा मात्र आफ्नो र त्यसभन्दा अघिपछि ट्राभल एजेन्सीका यात्रुझैं व्यवहार गर्दा रहेछन् ।

कतिसम्म भने उडान रद्द भएपछि टिकटको रकम कसले फिर्ता दिन्छ ? धेरैमा यो जिज्ञासा पाइन्छ । बुद्ध एयरका कर्मचारीको जवाफ हुँदो रहेछ, ‘हामीलाई केही थाहा छैन । जहाँबाट टिकट लिनु भएको हो, त्यहीं जानुस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment