Comments Add Comment

प्रदेश ३ को पहिलो बैठकमै गुन्जियो ‘राजावादी र हिन्दूवादी’ स्वर

पृथ्वीनारायण शाहदेखि शेरबहादुर देउवासम्मको प्रसंग किन आयो ?

१८ माघ, हेटौंडा । प्रदेश ३ का दुई महिला सांसदले प्रदेशसभाको पहिलो बैठकमै राजतन्त्र र हिन्दूराज्य व्युँताउनेदेखि संघीयताको भविश्यमाथि प्रश्न उठाए । बैठकमा कसैले पृथ्वीनारायण शाहलाई सम्भिmए भने कसैले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालालाई सम्झिए ।

पहिलो बैठकलाई सम्बोधन गर्न रोष्टममा पुगेकी राप्रपा प्रजातान्त्रिककी सांसद रिना गुरुङले संघीयता २ वर्ष पनि नटिक्ने आशंका भइरहेको बताइन् । ‘संघीयता बढीमा २ वा ३ वर्षभन्दा बढी कार्यान्वयन हुन्न धेरैभन्दा धेरैको कुरा छ, यो धान्न सक्दैन भन्ने पनि जनमानसको कुरा छ’ उनले भनिन् ।

उनले पृथ्वीनारायण शाहले एकीकरण गरेको मुलुकलाई अखण्ड राख्नुपर्ने बताइन् । दार्जिलीङमा जन्मिएकी र उतै हुर्किएकी गुरुङ विक्रम पाण्डेको कालिका एफएममा जागिर खानका लागि ५ वर्षअघि नेपाल आएकी थिइन् । यद्यपी उनका अभिभावक भने चितवनकै हुन् । पाण्डेकै साथ पाएका कारण भरतपुरको उपमेयरमा हारे लगत्तै उनी राप्रपा प्रजातान्त्रिकले पाएको एकमात्र प्रदेशसभा सदस्यमा पर्न सफल भइन् ।

राप्रपाकी सांसद रिता माझीले पनि पहिलो बैठकमै राजसंस्था र हिन्दू राज्य पुनर्स्थापनाको कुरा उठाइन् । माझीले आफ्नो पार्टीको नीति राजतन्त्र र हिन्दू राज्य रहेकाले यो आवाज उठाउने बताइन् । बैठकपछि अनलाइनखबरसँग कुरा गर्दै उनले आफू एक्लै भए पनि प्रदेश संसदमा यो एजेण्डा उठाउने बताइन् ।

सिन्धुली माइती र रामेछाप घर भएकी रिता पनि राप्रपाले पाएको एकमात्र सिटमा सांसद बन्न सफल भएकी हुन् । उनी २०७० मा सिन्धुली ३ बाट संविधानसभा उम्मेदवार बनेकी थिइन् । गत स्थानीय चुनावमा रामेछापको मन्थली नगरपालिकाको उपमेयरमा पराजित भएकी थिइन् ।

प्रदेशसभाको तेस्रो ठूलो दल नेपाली कांग्रेसका सांसद इन्द्रबहादुर बानियाले भने पहिलो बैठकमा स्वर्गीय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालादेखि प्रधानमन्त्री शेरबहादुर देउवासम्मलाई सम्झिए । संघीयता र गणतन्त्रमा मुलुकलाई लगेबापत गिरिजा,संविधान जारी गरेबापत सुशील र चुनाव गराए बापत देउवालाई पहिलो बैठकमा सम्झिनुपर्ने उनको तर्क थियो ।

दलको नेता को-को ?

देशकै सबैभन्दा ठूलो प्रदेश ३ को प्रदेशसभामा आठ दलको प्रतिनिधित्व छ । ११० सदस्यीय प्रदेशसभामा ५८ सिट जितेको एमाले बहुमत सहित पहिलो दल हो । २३ सिट सहित माओवादी दोस्रो र २१ सिटसहित कांग्रेस तेस्रो दल हो ।

[sam_list] चौथो दलको हैसियतमा ३ सिटसहित विवेकशील साझा पार्टी उपस्थित छ । सो दलको तर्फबाट पहिलो बैठकमा रमेश पौडेलले सम्बोधन गरे । पाँचौ दलको हैसियतमा २ सिट सहित नेपाल मजदूर किसान पार्टी छ । अन्य राप्रपा प्रजातान्त्रिक, राप्रपा र नयाँ शक्तिको एक/एक सिट छ ।

आठ दलमध्ये माओवादीले शालिकराम जमरकट्टेललाई संसदीय दलको नेता चुनिसकेको छ । अन्य दलले नेता चुनेका छैनन् । मुख्यमन्त्रीसहित सरकारको नेतृत्व गर्ने हैसियतमा रहेको एमालेबाट पहिलो बैठकमा पार्टी उपाध्यक्ष तथा प्रदेश संयोजकसमेतको हैसियतका कारण अष्टलक्ष्मी शाक्यले सम्बोधन गरे पनि उनलाई दलको नेता बन्न चुनौती छ ।

वाम गठबन्धनको सरकारमा माओवादी पनि सामेल हुने भएपछि तेस्रो दल कांग्रेसले प्रमुख विपक्षी दलको हैसियत पाउनेछ । कांग्रेसबाट संसदीय दलको नेता इन्द्र बानियानै हुने सम्भावना छ । किनकी उनी यसअघि केन्द्रीय सांसद र राज्यमन्त्री भइसकेका नेता हुन् ।

चौथो दल विवेकशी साझाबाट संसदीय दलको नेता पौडेलनै बन्ने सम्भावना देखिएको छ भने दुई सिट सहितको पाँचौ दल नेमकिपाबाट सुरेन्द्र गोसाई दलको नेता बन्ने सम्भावना छ ।

यो पनि पढ्नुस् 

प्रदेश राजधानी हेटौंडाबाट नसार्न कांग्रेस सांसदको चेतावनी

प्रदेश संसदका २६ कर्मचारी गायब !

होटलमा सांसदलाई छुटः कोठामा ४०, भातमा १५ प्रतिशत

हेटौंडाको संसदः हेर्नुस् ८ तस्वीर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment