Comments Add Comment

लण्डनमा नवराज पराजुलीको कविता कन्सर्ट हुँदै

१८ माघ, लण्डन ।  युवा कवि नवराज पराजुलीको प्रस्तुतिमा लण्डनमा कविता कन्सर्ट हुने भएको छ ।
नेप्लिज ब्रिटिस कम्युनिटी (एनबिसी) यूकेले मार्चको १० तारेखमा लण्डनको ग्रिनफोर्ड टाउन हलमा कविता कन्सर्ट  गर्न लागेको हो । उनको प्रस्तुति करिब २ घण्टाको हुनेछ । उनले नेपालबाट बेलायत आउने  तयारीसमेत गरिसकेका आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ।
बुधबार लण्डनमा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रमका संयोजक तथा एनबिसी यूकेका सल्लाहकार रामशरण सिंखडाले संकलित रकम सर्लाहीको हरिवन घुर्क्यौलीस्थित चेतना सन्देश नेपाललाई सहयोग गरिने जानकारी दिए ।
द्वन्द्वकालमा बाबुआमा गुमाएर अनाथ बनेका  संरक्षित ४२ बालबालिकाहरुको लागि छुट्टै आवास कक्ष बनाउने तथा ईलाइब्रेरी सञ्चालन गर्ने अभियानमा सहयोग गर्न लागिएको उनले बताए ।
एनबिसी यूकेका अध्यक्ष मिलन घिमिरेले नेपाली भाषा, साहित्य तथा संस्कृतिको जगेर्ना संस्थाको उद्देश्य अनुसार कार्यक्रम गर्न लागिएको बताए ।
कार्यक्रममा एनबिसी यूकेका संस्थापक अध्यक्ष कमल पौडेल, पूर्वअध्यक्षहरु गंगा राना र कमलराज खनाल, सल्लाहकार कृष्ण तिमल्सेना, सचिव चुरामणि रेग्मी, कोषाध्यक्ष ऋषि खनाल, सदस्यहरु बसन्त नेपाल, समीरनाथ प्याकुरेल, राजेन्द्र ओझा, खेमराज जोशी लगायतले पनि च्यारिटी कार्यक्रमका तयारीका सम्बन्धमा जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment