Comments Add Comment

बालुवाटारमा लञ्च मिटिङसँगै सकियो सुष्माको दौडधुप

१९ माघ, काठमाडौं । शुक्रबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटेपछि भारतीय विदेशमन्त्री सुष्मा स्वराजको यसपटकको नेपाल भ्रमण सकिएको छ ।

उनलाई प्रधानमन्त्री देउवाले सरकारी निवास बालुवाटारमा दिवाभोज दिएका छन् । देउवासँगको भेटवार्ता र दिवाभोजपछि उनी शुक्रबार नै स्वदेश फर्किनेछिन् ।

बिहीबार अपरान्ह नेपाल आएकी उनले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट राजनीतिक भेटवार्ता शुरु गरेकी थिइन् । बिहीबार साँझ एमालेले उनलाई काठमाडौंको होटल सोल्टीमा रात्रीभोज दिएको थियो । त्यहीँ एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग एक्लै र एमालेका  अरु नेताहरुसँग स्वराजले सामूहिक भेट गरेकी  थिइन् ।

शुक्रबार विहान भने स्वराजले पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेकी थिइन् । उनले शुक्रबार नै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग पनि भेट गरिन् ।

शुक्रबार नै उनले शितलनिवास पुगी राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता  गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment