Comments Add Comment

अभ्यास खेलमा नेपालको पहिलो हार


१९ माघ, काठमाडौं । डिभिजन टूको तयारीमा रहेको नेपालले अभ्यास खेलमा पहिलो हार व्यहोरेको छ । शुक्रबार भएको खेलमा यूएई ‘ए’ ले नेपाललाई ६४ रनले हराएको हो ।

घरेलु टोलीले दिएको २१६ रनको लक्ष्य पछ्याएको नेपालले ३८.५ ओभरमा सबै विकेट गुमाएर १५१ रन मात्र बनाउन सक्यो ।

नेपालको सुरुवाति राम्रो हुन सकेन । दुई अभ्यास खेलमा चलेका दिलिप नाथ शून्यमै आउट भए भने तेस्रो नम्बरमा आएका शरदले पनि एक रनमै आउट भए ।

कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले नेपाली पारी सम्हाल्ने प्रयास गरे । तर, ज्ञानेन्द्र तेस्रो विकेटका रुपमा २४ रनमा आउट भए ।

पारसले दिपेन्द्र सिंह ऐरीसँग ३६ रनको साझेदारी गरे । उनी ४१ रनमा आउट भए, जतिबेला टिमको स्कोर ८६ रन थियो । दिपेन्द्र २६ रनमा आउट भए । रोहितकुमार र आरिफले छैटौं विकेटका लागि ३१ रनको साझेदारी गरे । रोहित २१ रनमा आउट भए । थप १९ रन जोड्न नेपालले बाँकी चार विकेट गुमायो ।

अरिफले २१ रन बनाए भने बसन्त रेग्मीले ६ रन बनाउँदा सोमपाल कामी र ललित भण्डारीले खाता नै खोल्न सकेनन् ।

नेपाललाई सस्तैमा समेट्ने क्रममा कार्तिक मायापनले ४ विकेट लिए भने हजरत बिलाल र मतिउल्लाह खानले २-२ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको यूएई एले ५० ओभरमा ९ विकेट गुमाएर २१५ रन बनाएको थियो । उसका पनि सुुरुवात राम्रो थिएन । १०२ रन जोड्दा ६ विकेट गुमाइसकेका थियो । तर, तेस्रो नम्बरमा ब्याटिङ गरेका चिराग सुरीले टिकेर खेल्नुका सातै सातौं विकेटका लागि अली मिजारसँग ९६ रनको साझेदारी गरे ।

सुरी ८५ रनमा आउट भए । मिजार ४२ रनमा अविजित रहे भने अतिरुर रेहमानले ३३ रनको योगदान दिए ।

सोमपाल कामीले ३ विकेट लिँदा ललित भण्डारीले २ र पारस खड्का, बसन्त रेग्मी र सन्दिप लामिछानेले १-१ विकेट हात पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment