Comments Add Comment

प्रदेश ५ को पहिलो प्रदेशसभा : समृद्धिको चर्चा र अस्थायी राजधानीको विरोध

सभामुख चयन फागुन २ गते

२१ माघ, बुटवल । प्रदेशसभाको पहिलो बैठकमा सांसदहरुले प्रदेश ५ लाई मुलुककै नमुना प्रदेश बनाउन पहल गर्ने बताएका छन् । बैठकमा केही सांसदले प्रदेशको अस्थायी राजधानी बुटबल तोकेकोमा असन्तुष्टी पनि जनाए ।

एमाले संसदीय दलका नेता शंकर पोखरेलले प्रदेश ५ लाई नमुना प्रदेश बनाउने बताए । शून्य संरचनाबाट काम गर्नुपर्ने चुनौती रहेको भन्दै उनले यसलाई मुलुककै नमुना प्रदेश बनाउन सकिने अवसर पनि रहेको धारणा राखे । पोखरेलले निकै कम समयमा धेरै कानुन पनि निर्माण गर्नुपर्ने भएकाले सबै एकजुट भएर अघि बढ्नुपर्ने समेत बताए ।

नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसीले प्रदेश राजधानी बुटवल राखिएकोमा आपत्ति प्रकट गरे । प्रदेश राजधानीलाई लिएर बलेको आगो निभाउन प्रदेशसभाले भूमिका निर्वाह गर्नुपर्ने उनले बताए ।

नेपाली कांग्रेसका सांसद वीरबहादुर रानाले सबै मिलेर विकास गर्नुपर्ने बताए । संघीय समाजवादी फोरमका सहश्राम यादवले सबै नागरिकलाई समेट्ने कानुन बनाउनुपर्ने बताए । राष्ट्रिय जनमोर्चाकी तारा जिसीले  मुलुक समृद्धि बनाउनुको विकल्प नभएको बताइन् ।

सभामुख चयन फागुन २ गते

प्रदेशसभाको पहिलो बैठकले सभामुखको निर्वाचनको मिति तोकेको छ । सभामुखको निर्वाचन प्रक्रिया फागुन २ गते दिउँसो १ बजेपछि शुरु हुनेछ ।

बैठकले आफ्नो अन्तरिम कार्यविधि पारित गरेको छ भने सभामुखको अनुपस्थितिमा संसद सञ्चालनका लागि ५ सदस्यीय समिति गठन गरेको हो । समितिमा एमालेका कमलराज श्रेष्ठ, माओवादीका दधिराम न्यौपाने, कांग्रेसका अष्टभूजा पाठक र राष्ट्रिय जनमोर्चाका तारा जिसी छन् ।

आइतबारको बैठकमा सभामुखको भूमिका भने जेष्ठ सदस्य ७९ वषर्ीय बलदेव शर्मा पोखरेलले निर्वाह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment