Comments Add Comment

फागुनमा पाथीभरा महोत्सव हुने

२२ माघ, काठमाडौं । नेपालको सबैभन्दा उचाइमा रहेको पाथीभरा मन्दिरमा फागुनमा पाथीभरा महोत्सव हुने भएको छ ।

सोमबार काठमाडौंको पर्यटन बोर्डमा भएको पत्रकार सम्मेलनमा फागुन एक, दुई र तीन गते त्रिदिवसीय पाथीभरा पर्यटन महोत्सव हुने जानकारी दिइएको हो ।

पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्बर्द्धन समिति, पाथीभरा क्षेत्र विकास समिति र नेपाली सेनाको श्रीनयाँ रणभीम गूल्म मुख्य आयोजक र जिल्ला समन्वय समिति ताप्लेजुङ, ताप्लेजुङ उद्योग वाणिज्य संघ, ताप्लेजुङ सरोकार केन्द्र, काठमाण्डौं र फुङलिङ नगरपालिका ताप्लेजुङ सह-आयोजकको रुपमा रहेने जनाइएको छ ।

पाथीभरा पर्यटन महोत्सवका मुख्य प्रायोजक हिमालयन गाइड्स नेपाल ट्रेक्स एण्ड एक्सपीडीसन प्रा.लि. काठमाडौं, र महोत्सव प्रवर्द्धक नेपाल पर्यटन वोर्ड रहने आयोजकले जनाएको छ ।

महोत्सवमा स्थानीय उत्पादनको प्रदर्शनी, हिमालयन गाइड्स पाथीभरा म्याराथन, विविध सांस्कृतिक झाँकीहरू, खेलकूद कार्यक्रम, चर्चित राष्ट्रिय कलाकारहरूका साथमा विविध सांस्कृतिक कार्यक्रम, खानपानका परिकारहरू र ताप्लेजुङे सत्कार हुने पाथीभरादेवी मन्दिर क्षेत्र संरक्षण तथा सम्बर्दन समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment