Comments Add Comment

मन्त्रालय त खुल्यो, कर्मचारी अझै आएनन्

२३ माघ, हेटौंडा । प्रदेशसभाको बैठक प्रारम्भ भए लगतै प्रदेश ३ को रानधानी हेटौंडामा मुख्यमन्त्रीको कार्यालयसहित पाँच वटा मन्त्रालय खुले । मन्त्रालयको नाम भएको बोर्ड पनि झुण्ड्याइएको छ ।

तर, अझैसम्म मन्त्रालयमा कर्मचारी आएका छैनन् ।

सामान्य प्रशासन मन्त्रालयले सचिव उपसचिवसहित २ सय ७ जना कर्मचारी खटाएको बताएको छ । तर, दुइ सचिव र पाँच उपसचिव बाहेक अरु कर्मचारी अझैसम्म हाजिर हुन आएका छैनन् ।

कर्मचारी नआउँदा मन्त्रालय कर्मचारीविहीन जस्तै भएको छ । मुख्यमन्त्रीको कार्यालयसहित पाँच मन्त्रालय स्थापना भइसक्दा पनि कर्मचारी नआएको प्रदेश ३ मन्त्रिपरिषदको कार्यालयका सचिव रमेशप्रसाद सिवाकोटीले बताए ।

प्रदेशमा रहने ७ मध्ये मुख्यमन्त्री तथा मत्रीपरिषदको कार्यालय्, आन्तरिक मामिला तथा कानून, सामाजिक विकास, उद्योग पर्यटन तथा वातावरण र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय स्थापना भएको छ ।

मुख्यमन्त्रीको कार्यालयले आन्तरिक तयारी थालिसकेको छ भने आर्थिक मामिला र भौतिक पूर्वाधार विकास मन्त्रालयले भवन व्यवस्थापनको काम गरिरहेको छ ।

मुख्यमन्त्रीको कार्यालयमा २१, आन्तरिक मामिलामा ४१, आर्थिक मामिलामा १८, भौतिक पुर्वाधारमा २४, सामाजिक विकासमा ३०, उद्योगमा २९ र भूमि व्यवस्था मन्त्रालयमा २९ जना कर्मचारी खटाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment