Comments Add Comment

महोत्तरीमा दुई बालिकामाथि सामूहिक बलात्कार

२३ माघ, महोत्तरी । जिल्लाको सोनमा गाउँपालिकामा दुई बालिकामाथि बलात्कार भएको घटना सार्वजनिक भएको छ ।

सोनमा २ मा दलित समुदायका दुई बालिकामाथि सामूहिक बलात्कार भएको उजुरी परेको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश मल्लले जानकारी दिए ।

चार जनाले दुई बालिकामाथि बलात्कार गरेका हुन् । बलात्कृत बालिकाको परिवारलाई घटना गाउँमै मिलाउन दबाब दिएकाले ढिलो सार्वजनिक भएको डीएसपी मल्लले जानकारी दिए ।

गाउँघरमै मिलापत्र गराउन खोजिएको घटनामा जिल्ला प्रहरीक कार्यालय महोत्तरीले नै आर्थिक जोहो गरी उजुरी दर्ता गर्न लगाएको छ । गाउँमै मिलापत्र गर्न खोजेको खबर पाएपछि प्रहरीले हस्तक्षेप गरी उजुरी दर्ता गर्न लगाएको हो ।

घटनामा संलग्नको आरोपमा सोनमा गाउँपालिका ८ का २४ वषर्ीय मनोज साह पक्राउ परेका छन् भने अरु तीन जना फरार रहेका छन् ।

दुबै बालिकाको स्वास्थ्य परीक्षण भइसकेको र घटनास्थलको नमुना परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment