Comments Add Comment

नायिका शिल्पासँग चौथो बिहे गर्दै छवि ओझा

२४ माघ, काठमाडौं । निर्माता छवि ओझाले अन्ततः नायिका शिल्पा पोखरेलसँग विवाह गर्ने भएका छन् ।

झण्डै पाँच बर्षदेखि गहिरो प्रेममा रहेका उनीहरुले चाँडै आफ्नो प्रेमलाई विवाहमा परिणत गर्ने तयारीमा गरेका हुन् ।

लगातार तीनवटा विवाहमा असफल भएका निर्माता छविले आफूभन्दा ३० वर्ष कान्छी नायिका शिल्पासँग लगनगाँठो कस्न लागेको नयाँ पत्रिका दैनिकले प्रकाशन गर्ने साप्ताहिक ‘गज्जब’ले जनाएको छ ।

पत्रिकासँगको कुराकानीमा दुवैजनाले आफुहरु गहिरो प्रेममा रहेको र चाँडै विवाह गर्ने बताएका छन् । अघिल्लै वर्ष बिहे गर्ने योजना भएपछि ज्योतिषको सल्लाहअनुसार एक वर्षपछि सारिएको उनीहरुले बताएका छन् ।

नायिका शिल्पाले भनिन्, छविजीले मेरो घरमा आएर बाबुआमासँग कुरा गरिसक्नुभएको छ । मिति तय गर्न मात्र बाँकी हो, इंगेजमेन्ट र विवाह एकै दिन गर्छौं ।’

उनीहरुले एक-अर्काको आनीबानीका विषयमा खुलेर कुरा गर्दै यो विवाह असफल नहुने दाबी गरेका छन् ।

पहिलोपटक १९ वर्षको उमेरमा विवाह गरेका निर्माता छविले १० वर्षमा सम्बन्ध विच्छेद गरे । त्यसपछि नायिका गीतान्जलीसँग विवाह गरेका थिए । गीतान्जलीको आत्महत्यासँगै त्यो सम्बन्ध पनि अन्त्य भयो ।

तेस्रो बिहे उनले नायिका रेखा थापासँग गरे । रेखालाई फिल्ममा ब्रेक दिने र स्थापित गर्ने काममा छविको मुख्य भूमिका थियो । तर, रेखासँगको सम्बन्ध पनि विच्छेद भयो ।

पाँच वर्षयता उनी नायिका शिल्पा पोखरेलसँगको सम्बन्धमा छन् । तर, यतिबेला उनी आफ्नो सम्बन्धमा निकै गम्भीर देखिन्छन् ।

छविले भने, तीनवटी श्रीमतीसँग जिन्दगी बिताएँ तर तीनैजनासँग राम्रो घरजम हुन सकेन । अब शिल्पासँग बिहेको तयारी छ, उनीसँगचाहिँ सम्बन्ध विच्छेद गर्दिनँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment