Comments Add Comment

२०१९ को इद र क्रिसमस सलमानको कब्जामा


नायक सलमान खान, बिदाको समयमा आफ्नो चलचित्र रिलिज गर्न माहिर छन् । उनले अभिनय गरेका अधिकांश चलचित्र कि त इद, कि त तिहार वा कि त क्रिसमसमा नै रिलिज हुन्छन् ।

यो बर्ष सलमान अभिनित चलचित्र ‘रेश ३’ इदमा रिलिज हुँदैछ । तर, सलमानले सन् २०१९ को इद र क्रिसमस दुबै बुक गरेका छन् । सलमान अभिनित चलचित्र ‘भारत’ सन् २०१९ को इदमा रिलिज हुने पक्का भएको छ । यस्तै, अब चलचित्र ‘किक २’ पनि सोहि बर्षको क्रिसमसमा रिलिज हुने भएको छ ।

सन् २०१९ को इद र क्रिसमस दुबै बुक गरेर सलमानले अरु कलाकारलाई बक्स अफिसमा उछिन्ने संकेत दिएका छन् । चलचित्र ‘भारत’लाई ‘सुल्तान र टाइगर जिन्दा हे’का निर्देशक अली अब्बास जफरले निर्देशन गर्दैछन् भने चलचित्र ‘किक २’लाई साजिद नाडियाडवालाले निर्देशन गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment