Comments Add Comment

प्रणय दिवसको अवसरमा ग्राण्डीको क्युपिड प्याकेज अफर

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले प्रणय दिवसको अवसरमा क्युपिड प्याकेज अफर अघि सारेको छ । क्युपिड प्याकेज अफरको बुकीङ बुधबारबाट खुला गरिएको अस्पतालले जनाइएको छ ।

जोडी लक्षित क्युपिड प्याकेज अफरमा दुईमध्ये एकजनाले तेह्र हजार रुपैयाँ बराबरको स्वास्थ्य परीक्षण प्याकेज गर्दा अर्को एक जनाको स्वास्थ्य परीक्षण निःशुल्क गरिएको छ ।

यो अफर अस्पतालको वेलनेस सेन्टरमा फेब्रुअरी १४ देखि २८ सम्म अर्थात यस महिनाभर लागू हुनेछ ।

प्याकेजमा डाक्टर सँगको कन्सल्टेसन, सिबिसी, ब्लड सुगर (फास्टिङ), लिपिड प्रोपाइल, टिएसएच (थाइराइड टेष्ट), क्रियाटिनिन, एसजिपिटी, एसजिओटी, युरिन रुटिन, चेष्ट एक्स-रे, युएसजी एब्डोमिन एण्ड पेल्भिस, इसिजी, एको, टिएमटी अथवा बि एमडी लगायतका जाँचहरु समावेश गरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment