Comments Add Comment

प्रदेश ५ मा राष्‍ट्रियसभाको नतिजा आजै १० बजेसम्म आउने

२४ माघ,  दाङ । प्रदेश ५ मा राष्ट्रियसभा निर्वाचनको मत परिणाम बुधबार नै राति १० बजेसम्म  आउने भएको छ । तीन बजे मतदान सकिएपछि दलहरुसँग छलफल गरेर चार बजेदेखि मतगणना सुरु गर्ने र १० बजेसम्म नतिजा दिने निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिए ।

‘हामी ४ बजेदेखि मतगणना शुरु गर्छौं, १० बजेसम्म नतिजा आइसक्छ’ उनले भने । प्रदेश ५ मा राष्ट्रियसभा निर्वाचनको मतदान दाङको कर्मचारी मिलन केन्द्र अगाडि भवनको खुला चौरमा भएको छ ।

प्रदेश ५ मा ३०५ जना मतदातामध्ये ३०३ जनाले मतदान गरेका छन् । रुपन्देहीकी विना पन्त र बाँकेका अहमद साहले मतदान गरेका छैनन् । उनीहरु संघीय समाजवादी फोरम नेपालका हुन् ।

राष्ट्रियसभा निर्वाचनमा चयन हुने ८ सदस्यमध्ये तीन जना महिला सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् । बाँकी ५ सदस्य चयनका लागि मतदान भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment