Comments Add Comment

प्रदेश ७ मा वाम गठबन्धनका २ उम्मेदवार निर्वाचित

२४ माघ, डोटी । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश ७ बाट वाम गठबन्धनका दुबै उम्मेदवार विजयी भएका छन् । बुधबार निर्वाचन भएको दलित सदस्य र अपांग वा अल्पसंख्यक सदस्यमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका हुन् ।

दलित सदस्यमा एमालेका चक्रप्रसाद स्नेही र अपांग वा अल्पसंख्यक सदस्यमा नेकपा माओवादी केन्द्रका महेशकुमार महरा विजयी भएका निर्वाचन कार्यालयले जानकारी दिएको  छ । यद्यपि औपचारिक घोषणा हुन भने बाँकी नै छ । प्रदेश ७ बाट निर्वाचित हुने ८ सदस्यमध्ये ६ जना यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment