Comments Add Comment

राष्ट्रिय सुरक्षाबारे सेनाद्वारा पूर्वप्रधान सेनापतिसँग छलफल

२५ माघ, काठमाडौं । प्रधान सेनापति राजेन्द्र क्षत्रीले पूर्वप्रधान सेनापति र अवकाश प्राप्त रथीहरुसँग बिहीबार अन्तक्रिर्या गरेका छन् ।

जंगी अड्डा, भद्रकालीमा भएको भेटमा नेपाली सेना सम्बन्धी विभिन्न गतिविधि र राष्ट्रिय सुरक्षाका विषयमा छलफल गरेको नेपाली सेनाले जनाएको छ । सेनाले यसलाई नियमित भेटघाट भनेको छ ।

छलफलमा प्रधान सेनापति क्षत्रीले नेपाली सेनाको समयसापेक्ष सुदृढीकरण तथा क्षमता विकासको लागि भइरहेका कामबारे जानकारी गराएका थिए ।

त्यस्तै सुरक्षा स्थितिको विश्लेषण, नेपाली सेनाका गतिविधिबारे पनि जानकारी गराइएको नेपाली सेनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment