Comments Add Comment

भारतले गुगललाई लगायो २ अर्ब जरिवाना

कम्पिटिसन कमिसन अफ इण्डियाले गुगलमाथि २ अर्ब रुपैयाँ भन्दा धेरै जरिवाना गरेको छ ।

अनलाइन सर्च तथा विज्ञापन बजारमा आफ्नो मजबुत स्थितिको दुरुपयोगका विषयमा दोषी ठहर गर्दै भारतको कम्पिटिसन कमिसन अफ इण्डियाले गुगलमाथि १ अर्ब ३५ करोड ८६ लाख भारु जरिवाना गरेको हो ।

Matrimony.con र कन्जुमर युनिटी एण्ड ट्रस्ट सोसाइटीले सन् २०१२ सीसीआईमा गुगल विरुद्ध उजुरी दायर गरेको थियो । सोही उजुरी उपरर सुनुवाई गर्दै सिसिआइले यस्तो आदेश दिएको हो । गुगलले प्रतिस्पर्धा विरोधी गतिविधि गरेको ठहर सिसिआईको छ ।

अनलाइन सर्चमा आफ्नो बलियो उपस्थितिको दुरुपयोग गर्दै गुगलले सर्चमा पक्षपात तथा हेरफेर गर्ने गरेको आरोप गुगलमाथि लगाइएको छ ।

गुगलमाथि लगाइएको जरिवाना रकम कम्पनीले सन् २०१३, १४ र १५ मा भारतमा आर्जन गरेको कुल राजश्वको ५ प्रतिशत हो ।

सीसीआईले यस मुद्दामा गुगलले दिएको प्रत्युत्तरमाथि पनि गम्भीर विमर्स गरी ऊमाथि जरिवानाको निर्णय गरिएको र उक्त निर्णय सही रहेको जनाएको छ ।

स्मरण रहोस् अनुसन्धानमा सहयोग नगरेको आरोपमा गतवर्ष पनि गुगलमाथि १ करोड भारु जरिवाना गरिएको थियो । एजेन्सी  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment