Comments Add Comment

आमिर र कट्रिनाको तस्बिरको रहस्य के हो ?


बलिउड नायक आमिर खान, अमिताभ बच्चन, नायिका कट्रिना कैफ र फातिमा सना शेख अभिनित चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’को विषयमा दर्शकमा खुल्दुली ब्यापक छ ।

अमिताभ बच्चन र आमिर खान बाहेकको तस्विर सार्वजनिक हुन नसकेकाले पनि दर्शकमा एकखालको खुल्दुली छ । हालै कट्रिना कैफले फातिमा सना सेख र आमिर खानसँगै बसेको एउटा तस्विर इन्टाग्राममा शेयर गरेपछि आमिर खानको ट्रोल सुरु भएको छ । तस्विर हेरेर धेरैले प्रश्न पनि गरे कि-‘आमिर कसरी कट्रिना भन्दा अग्ला भए ?’

तस्विरको क्याप्सनमा कट्रिनाले लेखेकी छिन्-‘ठग्स…मेरे प्यारे आमिर और फातिमा’ । सलमान खान र कटि्रना कैफले अभिनय गरेको ‘टाइगर जिन्दा हे’ ले राम्रो ब्यापार गरेपछि कट्रिना ‘ठग्स अफ हिन्दुस्तान’को प्रतिक्षामा छिन् । अहिलेसम्म यस चलचित्रको सेटबाट सार्वजनिक भएका तस्विर निकै टाढाबाट खिचिएका मात्रै छन् ।

आमिरले चलचित्रसँग सम्बन्धित धेरै कुरा गोप्य राखेका छन् । यतिसम्म कि उनले सुटिङमा सेटमा मोबाइल लान निषेध गरेका थिए । यस चलचित्रमा आमिरले एक ठगको भुमिका निर्वाह गरेका छन् । भारतीय समाचार संस्थाले उल्लेख गरे अनुसार उनले चलचित्रमा काम गर्नकै लागि २० किलो तौल घटाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment