Comments Add Comment

बसन्तको अर्को अविस्मरणीय इनिङ, पारसले यसरी गरे प्रशंसा

तस्वीर : रमन शिवाकोटी

२६ माघ काठमाडौं । घरेलु टिम नामिबियाविरुद्ध हारको संघारमा पुगेका नेपाललाई दशौं नम्बरमा अएका बसन्त रेग्मीले उद्दार गरे ।

टिमका प्रमुख ब्याट्सम्यानहरुले कडा संघर्ष गर्नुपरेको कठिन पीचमा उनले २४ बलमा नटआउनट २४ रन बनाउँदै नेपाललाई रोमाञ्चक जित दिलाएका थिए ।

बलरको रुपमा चिनिएका बसन्तको यो म्याच विनिङ इनिङ ‘आश्चर्यजक’ मानिए पनि उनको विगतलाई हेर्ने हो भने यो आश्चर्यजनक होइन । उमेर समूहको क्रिकेटमा उनी राम्रा अलराउन्डर थिए । सन् २००६ मा नेपालले पहिलोपटक अन्डर-१९ विश्वकपको प्लेट फाइनलमा न्यूजिल्यान्डलाई हराउँदा बसन्तको ब्याटिङ अविस्मरणीय छ ।

त्यतिबेला उनी आठौं नम्बरमा ब्याटिङ गर्न आउँदा नेपाल ७५ रनमा ६ विकेटका स्थितिमा थियो । तर, उनले ७३ बलमा ६६ रन बनाउँदै २०५ रनको लक्ष्य तर्फ डोहोर्‍याए र नेपाललाई उपाधि दिलाए ।

बसन्तको हिजोको इनिङ धेरै लामो नभए पनि निर्णायकरुपमा महत्वपूर्ण थियो । यसलाई सायद उनले पछिसम्म बिर्सिने छैनन् ।

बसन्तको इनिङलाई कप्तान पारस खड्काले खुलेर तारिफ गरेका छन् । ‘बसन्त तल्लो क्रमका उपयोगी ब्याट्म्यान हुन्,’ पारसले क्रिकइन्फोसँग भनेका छन्, ‘उनले विगतमा पनि अप्ठेरो स्थितिमा रन बनाएका छन्, आज उनले एक्लैले जिताए ।’

खेल सकिन ७ ओभर बााकी रहादा बर्षाले खेल अवरुद्ध भएको थियो । त्यतिबेला नेपाललाई २८ रन चाहिएको थियो, हातमा दुई विकेट मात्र थिए, सोमपाल कामी र बसन्त । यदि खेल सुचारु हुन नसकेको भए नेपाल डक वर्थ लुइस नियमअनुसार नेपाल ११ रनले हार्ने थियो । तर, वर्षा रोकिएपछि नेपालको भाग्य बदलियो ।

कप्तान पारस भन्छन्, ‘सोमपाल र बसन्त क्रिजमा रहेको अवस्थामा हामीसाग झिनो आशा बााकी नै थियो । सोमपाल आफैंमा सक्षम ब्याट्सम्यान हुन् र बसन्तले पहिलो बलदेखि नै राम्रो टाइमिङ गरिरहका थिए । तर, वर्षापछि सुचारु भएको खेलमा सोमपाल चााडै आउट भएपछि हामीले लगभग आशा मारेका थियौं । तर, बसन्त खेललाई नियन्त्रणमा लिए र सन्दिप लामिछानेले धैर्यतापूर्वक उनलाई साथ दिए ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment