Comments Add Comment

पद नमिलेर पार्टी एकतामा ढिलाइ भएको होइनः प्रचण्ड

फाइल फोटो

२६ माघ, चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादीको पार्टी एकता सकारात्मक रुपमा अघि बढेको बताएका छन् ।

उनले पार्टी एकताबारेमा कुन नेताले के भन्छ भन्नेतर्फ नलाग्न आग्रह गरेका छन् ।

शुक्रबार गृहजिल्ला चितवन आएका प्रचण्डले भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै एकता मोडालिटीबारे छलफल भइरहेको बताए ।

केपी ओली र प्रचण्डको पद बाँडफाँट नटुंगिएका कारण पार्टी एकता ढिलाइ भएको हो भन्ने प्रश्नमा प्रचण्डले भने, ‘केपीजीले पनि सबै पद पाउनुभएको छ, मैले पनि सबै पद पाएको छु । पदको समस्या छैन । वार्ता छलफल नकारात्मक छैन । म बडो प्रस्टतासँग दोहोर्‍याएर भन्न चाहन्छु, पद नमिलेको कारण पार्टी एकतामा ढिलाइ भएको छैन ।’

एमाले नेताहरुको कार्य व्यस्तताका कारणले पार्टी एकता संयोजन समितिको बैठक स्थगित भएको उनले बताए । आफू चितवनबाट फर्किएलगत्तै संयोजन समितिको बैठक बसेर एकता प्रक्रिया अघि बढाउने उनले बताए ।

अर्को एक प्रसंगमा माओवादी अध्यक्ष प्रचण्डले फागुन ६ गतेभित्र नयाँ सरकार गठन हुनेे बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment