Comments Add Comment

‘नारी शक्तिका पाइला’ सार्वजनिक


२७ माघ, काठमाडौं । रत्नलक्ष्मी श्रेष्ठद्वारा लिखित पुस्तक ‘नारी शक्तिका पाइला’ सार्वजनिक भएको छ । शुक्रबार प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतिले विमोचन गरेका थिए ।

पुस्तकमा नारीको अवस्थावारे प्रष्ट पारिएको उल्लेख गर्दै कुलपति उप्रेतीले लेखक श्रेष्ठको प्रशंसा गरे । ‘महिलाहरुले भोगेको पीडालाई उहाँले निकै राम्रोसँग लिपीबद्ध गर्नु भएको छ । यस्ता कृतिले महिला सशक्तीकरणका लागि भूमिका खेल्न सक्छ’, कुलपति उप्रेतीले भने ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले गरेको कार्यक्रममा पुस्तककी लेखक श्रेष्ठले नेपाली नारीका पीडावारे आफूले देखेका र भोगेका प्रशंगलाई पुस्तकमा उतारेको बताइन् ।

‘नेपालको संविधानमा महिला–पुरुष समान भनेर लेखिए पनि महिलाहरु अझै संघर्षकै चरणमा छन्’ उनले भनिन् ।

उनले राजनीतिमा स्थापित हुनका लागि नेपालमा अझै शीर्ष नेताको श्रीमती, भान्जी, भतिजी वा अरु कोही नातेदार हुनुपर्ने परिस्थतीप्रति चिन्ता ब्यक्त गरिन् । कतिपय हत्या र बलात्कारका घटनामा पनि महिलाले न्याय नपाएको उनले उल्लेख गरिन् ।

पुस्तकमा विधवा हुनुको पीडादेखि राजनीतिक र आर्थिक सवलीकरणसँगै महिला हिंसासम्म विभिन्न ५१ शीर्षकका लेखहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment