Comments Add Comment

राजीव गान्धीले यसरी गरेका थिए माल्दिभ्सका राष्ट्रपति गयूमको उद्दार

काठमाडौं । ३ नोभेम्बर, १९८८ मा माल्दिभ्सका राष्ट्रपति मौमुन अब्दुल गयूम भारत भ्रमणमा आउने वाला थिए । उनलाई लिन भारतीय एक विमान दिल्लीबाट मालेको उडान भरिसकेको थियो । विमान माले नपुग्दै भारतका प्रधानमन्त्री राजीव गान्धीलाई अचानक एक चुनावका क्रममा दिल्ली बाहिर जानुपर्ने भयो ।

राजीव गान्धीले गयूमसँग कुराकानी गरेर तय गरे कि पछि उनी कुनै बेला भारत आउनेछन् । तर, गयूमविरुद्ध विद्रोहको योजना बनाएका माल्दिभ्सका ब्यापारी अब्दुल्ला लुथूफी र उनका साथी सिक्का अहदम इस्माइल मानिकले तय गरे कि विद्रोह स्थगित हुँदैन ।

पहिले उनीहरुको योजना थियो कि राष्ट्रपति गयूमले जब माले छाड्छन्, तब विद्रोह सुरु गर्ने । उनीहरुले श्रीलंकाको चरमपन्थी संगठन प्लेटोका भाडाका लडाकूलाई पर्यटकको भेषमा स्पीड बोट्सको माध्यमबाट पहिले नै माले पुर्‍याएका थिए ।

त्यसबेला माल्दिभ्समा भारतका उच्चायुक्त एके बेनर्जी थिए र उनी गयूमभन्दा अघि नै निर्धारित भारत भ्रमणको क्रममा दिल्ली आएका थिए । उनी सम्झन्छन्, ‘म दिल्लीको घरमा सुतिरहेको थिएँ, त्यहीबेला विहान ६ बजे मेरो फोनको घन्टी बज्यो ।’

‘मालमा रहेका मेरा सचिवले भने कि त्यहाँ विद्रोह भइसक्यो सडकमा मानिसहरु गोली चलाउँदै यताउता हिँडिरहेका छन् । राष्ट्रपति गयूम एक सेफ हाउसमा लुकेका छन् र उनले भारतसँग अपील गरेका छन् कि तुरुन्त सैनिक पठाउनुस् ।’

विदेश मन्त्रालयका संयुक्त सचिव रहेका कुलदीप सहदेवलाई पनि फोन गयो । उनले तत्काल प्रधानमनत्रीको कार्यालयका संयुक्त सचिवलाई खबर सुनाए र साउन ब्लकमा आर्मी अपरेसन रुममा हुने उच्चस्तरी बैठकमा बोलाए, जहाँ कोलकत्ताबाट फर्किरहेका प्रधानमन्त्री राजीव गान्धी पनि सहभागी हुने वाला थिए ।

सुशान्त सिंहले आफ्नो किताब ‘मिसन ओभरसीजः डेयरिङ अपरेसन्स बाई द इण्डियन मिलिट्री’मा लेखेका छन्, राजीव गान्धी, रोनेन सेन र कुलदीप सहदेव मिलिट्री अपरेशन रुममा पसे । गृह उपमन्त्री पी चिदम्बरमले त्यहाँ नेशनल सेक्युरिटी गाड्र्स पठाउने प्रस्ताव राखे तर, सेनाले त्यसलाई स्वीकार गरेन ।’

अघि लेखेका छन्, ‘रअ प्रमुख आनन्द स्वरुप बर्माले भने कि उनलाई सूचना छ कि मालेको हुलहुले हवाई अड्डा सयौं विद्रोहीले कब्जा गरेका छन् । रोनेन सेनले उनलाई चुप बस्न भने । वास्तवमा मालेमा जे भइरहेको थियो, त्यसको सही सूचना उनीसँग थियो ।’

सुशान्तले लेखेका छन्, माल्दिभ्सका विदेश सचिवले ७ आरसीआरमा सिधै फोन गरेका थिए, जसलाई सेन आफैंले उठाएका थिए । विदेश सचिवले भनेका थिए कि विद्रोहीले उनको घरको अगाडि रहेको टेलिफोन एक्सचेन्जम कब्जा गरेका छन् ।’ सेनले भने फोन नराख्न सल्लाह दिए र, फोन अभियान पुरा नहुँदासम्म त्यस्तै रहृयो ।

बैंठकले तय गर्‍यो कि आथराका ५० प्यारा बि्रगेड सैनिक मालेमा प्यारासुटबाट उत्रनेछन् ।

तर, यसमा एउटा समस्या थियो । उनीहरुलाई एउटा यस्तो ‘ड्रपिङ जोन’ जरुरी थियो कि यदि प्यारासुट विगि्रयो भने पनि जमिनमा उत्रन सकियोस्, न कि समुन्द्रको पानीमा ।

यसका लागि १२ फुटबल मैदान जति क्षेत्र चाहिन्थ्यो, जुन मालेमा सम्भव नै थिएन । बैठकमा सहभागीहरुलाई हुलहुले हवाई अड्डाको लम्बाई कति छ भन्ने पनि थाहा थिएन । त्यसैले प्यारा ब्रिगेड सैनिक पठाउने योजना कार्यान्वयन नहुने भयो ।

राजीव गान्धीले निर्देशन दिए कि इन्डियन एयरलाइन्सका पाइलटलाई सम्पर्क गर्नू, जसले मालेसम्म उडान भर्न सक्छ ।

बैठकपछि उप सेनाध्यक्ष रोडरिग्सले बि्रगेडियर फारुक बुल बलसारालाई फोन गरेर पाराट्रुप्सलाई तयार रहन भने । बलसाराले यसअघि माल्दिभ्सको नाम नै सुनेका थिएनन् । उनले इन्टेलिजेन्स अफिसर लाइब्रेरीबाट एक एटलस उठाए, जसबाट थाहा भयो कि माल्दिभ्स १२०० द्वीपको एक समूह हो र भारतको सुदूर दक्षिण किनाराबाट ७०० किलोमिटर दक्षिण पश्चिममा अवस्थित छ ।

बलसाराले आफ्ना दुई अफिसरलाई आगराको पर्यटक केन्द्रमा पठाएर माल्दिभ्सबारे जानकारी संकलन गराए ।

‘माल्दिभ्सका लागि भारतका उच्चायुक्त एके बेनर्जी पनि एक सैनिक विमानबाट आगरा पुगेँ, उनले भनेका छन्, अब म अपरेशन रुपमा पुगँे, त्यहाँ हुलहुल हवाई अड्डाको ठाउँमा गान हवाई अड्डको नक्सा राखिएको थियो, जुन मालेबाट ३०० मिलोमिटर टाढा छ । मैले चिच्याएँ, यो गलत नक्सा हो । प्रष्ट थियो कि यति ठूलो अभियानका लागि भारतीय सैनिकको तयारी पर्याप्त थिएन ।’

सुशान्त सिंहको पुस्तकमा उल्लेख भए अनुसार बलसाराको योजना थियो कि हुलहुले अड्डामा विद्रोही छैनन् भने त्यहाँ उत्रने । यो सम्भव नभए सैनिकहरु हवाई अड्डा नै कब्जा गर्न ओर्लिने । ब्रिगेडियर मलिकले उच्चायुक्त बेनर्जीलाई पनि सँगै लैजाने प्रस्ताव राखे । तर, उनले विदेश मन्त्रालयको सहमति लिनु पर्ने र उनलाई एक सेफ्टी रेजर उपलब्ध गराउनु पर्ने शर्त राखे ।

विदेश मन्त्रालयले अनुमति त दियो । तर, दोस्रो शर्त पुरा गर्न रातमा नै आर्मीको क्यान्टिन खोलेर उनका लागि सेभिङ किट, टुथ ब्रस र तौलिया लिइएको थियो ।

भारतीय सेनाको विमानले भारतीय सीमा काट्नासाथ बि्रटिस एयरबेजको विमानले देख्यो र उनीहरुले कहाँ जान लागेको बताउन पर्‍यो । शायद त्यही कारण होला, बीबीसीले विहान ७ बजे नै माल्दिभ्सका राष्ट्रपतिलाई बचाउन भारतले सैन्य अभियान सुरु गरेको बतायो ।

जब भारतीय सिवमान ल्याण्ड गर्‍यो, हवाई अड्डा अध्यारो नै थियो । आई एल ७६ विमान रोकिए लगतै १५० भारतीय सेना र कयौैं जीप बाहिर आयो । केही बेरमै अर्को विमान अवतरण भयो र एटीसी, जेटी लगायतका क्षेत्र नियन्त्रणमा लियो ।

एटीसीबाटै बि्रगेडियर बुलसाराले राष्ट्रपति गयूमसँग रेडियो सम्पर्क स्थापित गरे । सुशान्त सिंहले लेखेका छन्, गयूमले भने कि जति सकिन्छ छिटो आउनुस् किनकी विद्रोहीहरुले उनका सेफ हाउसको घर घेरिसकेका छन् र नजिकै फायरिङको आवाज आइरहेको छ ।’

जब भारतीय सैनिक सेफ हाउस नजिकै पुगे, त्यहाँ गोलाबारी भइरहेको थियो । बुलसाराले राष्ट्रपतिलाई भनोका कि सेफ हाउस बाहिर गाइड्स तैनाथ गर्नुस् ताकि सिधै उनी भएको ठाउँमा पुग्न सकियोस् । तर, नेशनल सेक्युरिटी सर्भिसका लेफि्टनेन्टसम्म गयूमको सन्देश पुगेन । गयूमका सुरक्षा बलले भारतीय सैनिकलाई रोके । बुलसाराले गोली चलाउन आदेश दिन लागेकै बेला गार्डहरुले बाटो छाडे र राष्ट्रपति कहाँ पुगेर हुलहुले अवाई अड्डा जान आग्रह गरे ।

उनले मानेनन्, बरु नेशनल सेक्युरिटी सर्भिसको मुख्यालयमा जान चाहेकोमा जोड दिएका छन् । ३ बजेर १५ मिनेटमा जब बुलसारा र एके बेनर्जी एनएसएसको मुख्यालय पुगे, भवनको चारैतिर विद्रोहीहरुको शव थियो र भवनमा रहेको सयौं गोलीको निशानाले प्रष्ट भयो कि विद्रोहीहरुले कब्जाको पुरा प्रयास गरेका थिए ।

बेनर्जी सम्झन्छन्, ‘उनी पूर्ण रुपमा नियन्त्रणमा थिए र हामीलाई देखेर उनी खुसी थिए । उनले हामीलाई धन्यवाद दिए र राजीव गान्धीसँग कुरा गर्ने इच्छा व्यक्त गरे ।’

ठीक ४ बजे विहान स्याटलाइट फोनबाट राजीव गान्धीसँग सम्पर्क भयो । रोनेन सेनलाई अझै याद छ कि त्यसबेला राजीव गान्धी आफ्नो कम्प्युटर अगाडि बसिरहेका थिए र एक हातले टाइप गरिरहेका थिए । गयूमसँग कुरा गरेर उनी सुत्न गए ।

बीबीसी हिन्दीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment