Comments Add Comment

प्रदेश ५ मा मुख्यमन्त्री नियुक्तिको तयारी, वाम गठबन्धनले आज दावी पेश गर्ने

२८ माघ, बुटवल । वाम गठबन्धनले प्रदेश ५ को मुख्यमन्त्री शंकर पोखरेललाई नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्ने भएको छ ।

एमाले र माओवादीले बहुमत सांसदको सहमतिसहित मुख्यमन्त्रीको दाबी पेश गर्न लागेका हुन् । ‘प्रदेश प्रमुखसामू आज दाबी पेश गर्छौं’ पोखरेलले अनलाइनखबरसँग भने ।

एमाले र माओवादीबीच प्रदेश ५ मा पोखरेललाई मुख्यमन्त्री बनाउने सहमति चुनाव अघि नै भएको थियो र पोखरेल एमाले संसदीय दलका नेता भइसकेका छन् ।

प्रदेश ५ मा वाम गठबन्धनको प्रष्ट बहुमत छ । बहुमत सांसदको सहमतिसहित मुख्यमन्त्रीको दाबी पेश गरेपछि प्रदेश प्रमुखल नियुक्त गर्नु पर्नेछ ।

ढिलोमा भोलिसम्म मुख्यमन्त्री नियुक्ति हुने बताइएको छ ।

प्रदेश प्रमुख उमाकान्त झा, प्रदेश सचिव शंकर पाठकसहित मुख्यमन्त्रीका उम्मेदवार शंकर पोखरेल, एमाले उपमहासचिव विष्णु पौडेल लगायतले आइतबार नै सपथ ग्रहण स्थान छनोटका लागि अनुगमन समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment