Comments Add Comment

‘म नेपाली नै हुँ’: अदिती वुढाथोकी


‘कृ’बाट नेपाली चलचित्र क्षेत्रमा भित्रिएकी नायिका अदिती वुढाथोकी अहिले समस्यामा परेकी छिन् । एक भारतीय अनलाइनले उनलाई भारतका चर्चित इन्स्ट्राग्रामका सुन्दरी भन्दै समाचारमा उल्लेख गरेपछि त्यसले नेपालमा पनि चर्चा पाएको छ ।
अदितीको नागरिकता पनि भारतकै रहेको खबर समेत सार्वजनिक भैरहेका छन् ।

यो बिषयमा नायिका वुढाथोकीले मुख खोलेकी छिन् । उनले, पत्रकारहरुसँग कुरा गर्दै आफू नेपाली नै भएको स्पष्ट पारेकी छिन् । के तपाइको नागरिकता पनि भारतकै छ भन्ने पत्रकारको प्रश्नमा अदितीले भनिन्–‘अबदेखि म हिड्दा नागरिकता र पासपोर्ट नै बोकेर हिड्छु र देखाउँदै भन्छु, म नेपाली नै हुँ ।’

उनले अगाडि थपिन्–‘म नेपाली नै हुँ । कहाँबाट आउँछ यस्तो कुरा ?’ अदिती बुढाथोकी र नायक अनमोल केसी अभिनित चलचित्र ‘कृ’ अहिले देशभर चलिरहेको छ । चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ । तपाइले अब नयाँ चलचित्र खेल्ने बारेमा के सोच्नु भएको छ भन्ने प्रश्नमा अदितीले भनिन्–‘मैले अहिले केहिपनि सोचेकी छैनँ । पहिला म मेरो चलचित्र हेर्छु अनी मात्र निर्णय लिन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment