Comments Add Comment

पेटमा ड्रग्स लुकाएका अभियुक्तले दिसा गर्न नमानेपछि…

कुनैपनि मानिस दिसा नगरी कति दिनसम्म बस्न सक्दछ होला ? एक दुई दिनपनि गाह्रो पर्दछ । अझ २० दिनसम्म ट्वाइलेट नजाने भन्ने कुरा त कल्पना गर्नै गाह्रो हुन्छ । तर बेलायतमा एकजना मानिस भने २० दिनसम्म दिसा नगरीकन किर्तिमान कायम गरेका छन् ।

बेलायतको हार्लोमा बस्ने ती व्यक्तिले यति धेरै दिनसम्म शौच नगर्नुको कारण छ । उनले आफ्नो सरीरभित्र ड्रग्स लुकाएका छन् । उनले दिसा गर्छन् र सो सँगै त्यो ड्रग्स बाहिर आउँछ भन्ने पुलिसले आश गरेको छ । तर उनले दिसा नगर्ने अड्डी कँसिरहेका छन् ।

उनको पेटमा लागु औषध रहेको छ । उनलाई पुलिसले हिरासतमा राखेको छ । उनले पुलिसले दिएको खानेकुरा खान मानिरहेका छैनन् र २० दिनदेखि केहीपनि खाइरहेका छैनन् ।

पुलिसले ती मानिसको सर्जरी गराएर पेटबाट ड्रग्स निकाल्ने बारेमा सोँचेको छैन । एकदिन उनले दिसा गर्नेछन् र पेटको ड्रग्स बाहिर निस्कनेछ भन्ने आशा गरेको छ । उनलाई कडा निगरानीमा राखिएको छ र उनको निरन्तर स्वास्थ्य परीक्षण पनि भैरहेको छ । ती मानिसको नाम भने खुलाइएको छैन । बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment