Comments Add Comment

इन्स्टाग्राममा कसले चियो गर्दैछ ? अब थाहा पाउनुहुनेछ

इन्स्टाग्राममा तपाइँको स्टोरी कसैले स्क्रिनसट गर्यो वा रेकर्ड गर्यो की ? यसो गरेर तपाइँको चियोचर्चो कसले गरिरहेको छ ? अब तपाइँले थाहा पाउनुहुनेछ ।

अहिलेसम्म इन्स्टाग्राममा जो कोहीले अरु प्रयोगकर्ताका स्टोरिजलाई थाहा नदिइकन रेकर्ड गर्न तथा त्यसको स्क्रिनसट लिन सक्दथे । तर अबचाहीँ यसो गर्न सकिने छैन ।

भविष्यमा यदि कसैले तपाइँको स्टोरीको स्क्रिनसट लियो भने इन्स्टाग्रामले यसको बारेमा तपाइँलाई सूचित गर्नेछ ।
यद्यपि अहिलेसम्म इन्स्टाग्रामले यो फिचर ल्याइसकेको छैन, र यसमा काम भैरहेको जनाएको छ ।

थाहै छ की इन्स्टाग्राममा प्रयोगकर्ताका स्टोरी २४ घण्टापछि आफै हट्दछन् । तर स्क्रिनसट तथा स्क्रिन रेकर्डिङ फंक्सनको माध्यमबाट जोकोहीले ती स्टोरीलाई रेकर्ड गरी त्यसको कपी बनाउन सक्दछ र चाह्यो भने त्यसलाई प्रयोग पनि गर्न सक्दछ ।

तर, अब चाहीँ प्रयोगकर्ताले आफ्नो स्टोरी कसैले कपी गरेको थाहै नपाउने अवस्था हुनेछैन । जब कसैले तपाइँको स्टोरिजको स्त्रिmनसट लिनेछ, तब एउटा सूर्य आकारको संकेत स्टोरी भ्यू सेक्सनमा उक्त स्क्रिनसट लिने व्यक्तिको नामसँग आउनेछ । अनि तपाइँलाई आफ्नो स्टोरी कसले कपी गर्यो वा स्क्रिनसट लियो थाहा हुनेछ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment