Comments Add Comment

रुपामा नयाँ ट्रेकिङ रुट

२८ माघ, पोखरा । कास्कीको नारेश्वर भञ्ज्याङबाट रुपाकोट मन्दिरसम्मको नयाँ ट्रेकिङ रुट सञ्चालनमा आएको छ ।

रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले हालै उक्त रुट उद्घाटन गरे । स्थानीय रुपा मिजार समाजले उक्त मार्ग पत्ता लगाएको हो ।

पर्यटन विकास र स्थानीय ट्रेकिङ रुटहरू तयार पार्न गाउँपालिकाले साढे चार लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । नयाँ ट्रेकिङ रुटबाट रुपाताल, बेगनासताल, पोखरा-लेखनाथ महानगर र तनहुँलगायत ठाउँ देख्न सकिन्छ ।

बहुवषर्ीय योजनाअन्तर्गत् तत्कालका लागि एक किलोमिटरको ट्रेकिङ रुट निर्माण गर्न लागिएको हो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment