Comments Add Comment

गैंडाको खागसहित २ सैनिक पक्राउ

२८ माघ, काठमाडौं । प्रहरीले गैंडाको खागसहित नेपाली सेनाका दुई जनासहित ३ जनालाई पक्राउ गरेको छ । शनिबार प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को टोलीले काठमाडौंको लैनचौरमा गैंडाको दुई थान खाग लिएर हिँडिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले नेपाली सेनामा कार्यरत गोरखा सिरानचोक गाउँपालिका २ का ३३ वर्षीय हरिबहादुर ढकाल र उदयपुर त्रियुगा नगरपालिका ९ का २६ वर्षीय कृष्णबहादुर मगरलाई पक्रा गरेको हो  । उनीहरुसँगै प्रहरीले गोरखा सिरानचोक २ का ३८ वर्षीय  डिलबहादुर ढकाललाई पनि पक्राउ गरेको छ ।

हरिबहादुर र कृष्णबहादुरले नेपाली  सेनाको परिचयपत्र देखाएपछि उनीहरुलाई कारबाहीका लागि जंगी अड्डामा पठाएको सीआईबीका प्रवक्ता एसपी जीवन श्रेष्ठले जानकारी दिए । प्रहरीले डिलबहादुरलाई भने कारबाहीका लागि आइतबार जिल्ला वन कार्यालयमा बुझाएको छ । उनीहरुबाट बरामद खाग एटा ११८० ग्राम छ भने अर्को  ६४० ग्रामको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment