Comments Add Comment

नेपाली सेना दिवसमा भारतीय सेना प्रमुखको पहिलो सहभागिता, राउत आज नेपाल आउँदै


२९ माघ, काठमाडौं । भारतीय स्थल सेना प्रमुख विपिन राउत सोमबार नेपाल आउँदैछन् । महाशिवरात्रीको दिन मनाइने नेपाली सेना दिवसमा सहभागी हुन राउत नेपाल आउन लागेका हुन् ।

सेनाका प्रवक्ता नैनराज दाहालले भने, ‘आर्मी डेकै लागि भारतीय सेना प्रमुख नेपाल आएको पहिलोपटक नै हो ।’

नेपाल एकीकरण भएको सम्झनामा हरेक वर्ष नेपाली सेनाले महाशिवरात्रीको दिन सेना दिवस मनाउने गर्दछ । दिवसको अवसरमा मंगलबार सैनिक मञ्च टुँडिखेलमा सैनिक कला प्रदर्शनी तथा बढाइँको विशेष कार्यक्रम हुनेछ ।

दिवसमा भारतीय सेनाध्यक्ष राउतलाई विशेष अतिथिको रुपमा निम्ताइएको हो ।

उनले नेपालमा रहँदा उच्च राजनीतिक भेटवार्ता पनि गर्नेछन् ।

भारतीय सेनाध्यक्ष राउत नेपाली सेनाको मानार्थ प्रधानसेनापति समेत हुन् । नेपाल र भारतले एकअर्का देशको सेना प्रमुखलाई मानार्थ प्रधानसेनापतिको सम्मान दिने प्रचलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment