Comments Add Comment

‘कृ’लाई विशेष शोमा यस्तो मिल्यो प्रतिक्रिया


नायक अनमोल केसी र नायिका अदिती वुढाथोकीको मुख्य भूमिका रहेको चलचित्र ‘कृ’को विशेष शो काठमाण्डौको कुमारी हलमा आयोजना गरिएको छ ।
शुक्रबारदेखि रिलिज भएको चलचित्रको प्रिमियर शो आयोजना गर्न निर्माणपक्षले नभ्याएपछि यसको विशेष शो आयोजना गरिएको हो ।

विशेष शोमा चलचित्र क्षेत्रका चर्चित अनुहारहरु पुगेका थिए । चलचित्र हेर्न सरोज खनाल, सिताराम कट्टेल, कुञ्जना घिमिरे, भूवन चन्द, प्रदिप भट्टराई, संचारकर्मी रवि लामिछाने, शोभित बस्नेत हलमा पुगेका थिए ।

चलचित्र हेरेका अधिकांशले यसको मेकिङ, एक्सन र प्राविधिक पाटोलाई प्रशंसा गरे । नेपालमा पनि यस्तो चलचित्र बन्न थालेको भन्दै उनीहरुले खुशी व्यक्त गरेका थिए । नायक अनमोल केसीको भूमिका र उनको मिहिनेतको पनि खुलेरै प्रशंसा भयो । सुरेन्द्र पौडेलको निर्देशनमा तयार भएको चलचित्रलाई सुवास गिरी र भूवन केसीले मिलेर बनाएका हुन् । पुरुषोत्तम प्रधानले खिचेको चलचित्रमा चन्द्र पन्तको एक्सन निर्देशन छ ।

चलचित्रमा अनमोल केसी, अदिती वुढाथोकी, अनुप विक्रम शाही, सरोज खनाल, रुपा राना, लक्ष्मी गिरी, कामेश्वर चौरासिया लगायतका कलाकारको मुख्य भूमिका छ ।

नायक अनमोल केसी र नायिका अदिती वुढाथोकी टाटा कम्पनीको ट्यागोर कार चढेर हल पुगेका थिए । उनीहरुलाई फ्यानले गुलाबको फूल दिएर स्वागत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment