Comments Add Comment

अनमोलका फ्यान-‘कोहि देखेपछि रुने, कोहि फोटो नखिची नछाड्ने’


शुक्रबार बिहानै भारतको बैंग्लोर बस्ने छेतेन दोर्जे नायक अनमोल केसीको चलचित्र ‘कृ’ हेर्न काठमाण्डौको गोपिकृष्ण हल पुगे । अनमोल हलमा आउँछन् भन्ने आशाले उनी दिनभर नै गोपिकृष्णमै थिए । तर, शुक्रबार अनमोल हलमा पुगेनन् । शनिबार बिहानैदेखि उनी फेरि गोपिकृष्ण पुगे । अनमोल आउने आशामा बसेका उनले आफ्ना सर्वाधिक प्रिय कलाकारलाई दिउँसो सवा १ बजे हलमा त देखे तर चित्त वुझ्दो तरिकाले तस्बिर खिच्न पाएनन् । अनमोलसँग तस्बिर खिच्न नपाएका उनले निर्माता सुवास गिरीसँग भने-‘मैले अनमोलसँग तस्बिर खिच्न पाइनँ भने उसको अबदेखि कुनै पनि चलचित्र हेर्दिनँ ।’

आइतबार चलचित्रको विशेष शोमा कुमारी हल नै पुगेका छेतेनले अनमोलसँग राम्रो तस्बिर खिचाए । बल्ल उनको चित्त वुझ्यो । उनले अनमोलका सबै चलचित्र हेरेको र आफू सबैभन्दा ठुलो फ्यान भएको बताए ।

छेतेन त एक उदाहरण मात्र हुन् । चलचित्र रिलिजको समयमा मात्र दर्शकमाझ पुग्ने अनमोल केसीका गज्जब गज्जबका फ्यान भेटिने गर्छन् । आइतबार काठमाण्डौको कुमारी हलमा आयोजना भएको चलचित्रको विशेष शोमा अनमोल आउने भन्दै केहि यूवती हातमा गुलाब लिएर बसेका थिए । अनमोल हलमा प्रवेश गर्दै गर्दा उनको नाम लिएर चिच्च्याएका उनीहरुले अनमोललाई गुलाबको फूल दिन पाए । अनमोलले पनि अंकमाल गर्दै धन्यवाद दिए र तस्बिर खिचाए ।

अनमोलसँग अंकमाल गरेपछि अधिकांश यूवती रुन थाले । कतिपयले भने-‘अनमोल चलचित्रको पर्दामा भन्दा पनि बाहिर अझै ह्यान्डसम छन् । जता भएपनि, अनमोल त अनमोल नै हुन् नी ।’

कुमारी हलमा अनमोल प्रवेश गरेर तस्बिर खिचाउँदै गर्दा छेउकै बाटोबाट २ वटा बस क्रस भए । २ वटा बसमा रहेका यूवती, बालबालिका अनमोललाई देख्ने वित्तिकै झ्यालबाट ‘अनमोल अनमोल’ भनेर चिच्याइरहेका थिए । साच्चै, ५ वटा चलचित्रमा अभिनय गर्दै गर्दा अनमोलले यस्ता क्रेजी फ्यान हजारौ कमाएका छन् । पछिल्लो समय अनमोलको लुक्सको मात्र नभएर उनको बोल्ने शैली र व्यवहारले पनि हजारौलाई फ्यान बनाएको छ ।

अनमोलसँग तस्बिर खिचाउनका लागि लालयित हुनेहरुमा यूवतीमात्र होइनन्, यूवक, बालबालिका पनि उस्तै देखिन्छन् । शनिबार काठमाण्डौको गोपिकृष्ण हलमा ‘अनमोल कति ह्यान्डसम’ भन्दै रुने यूवतीको संख्या प्रशस्त भेटिएको थियो ।

अनमोलका फ्यान यति मात्र छैनन् । अंकित नाम गरेका उनका अर्का फ्यानले उनको जस्तै ट्याटु हातमा खोपेका छन् भने कतिपय उनीसँग निरन्तर सम्पर्कमा रहन्छन् । पोखराका सागर नामका फ्यानले उनलाई २ लाख फेसबुक लाइक बनाएर हस्तान्तरण नै गरेका थिए ।
शुक्रबार, शनिबार र आइतबार चलचित्र हलमा अनमोलका यस्ता कैयौ फ्यान भेटिएका छन्, जसले अनमोल केसीको क्रेज चलचित्रको पर्दा बाहिर पनि बढेको प्रष्ट पार्छ । एउटा कलाकारको चलचित्रले बक्स अफिसमा कहिले धेरै त कहिले कम कमाई गर्नु स्वभाविक हो । तर, उसले कमाउने फ्यान उसका लागि सबैभन्दा ठूलो सम्पत्ती हुन् । जसलाई जोगाउन सकेको खण्डमा कलाकारले लामो समयसम्म सफलता पाउन सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment