Comments Add Comment

प्रदेश २ को संसदमा दौरा सुरुवालको ‘अल्पकालीन इन्ट्री’

२९ माघ, जनकपुरधाम । सोमबार निर्धारित प्रदेश २ को प्रदेशसभा बैठकको तयारी चलिरहेका बेला एकाएक दौरा सुरुवाल कोट र सारी चोलो कोट लगाएर मर्यादापालक कुवा रामपुरस्थित प्रदेश संसद भवनमा प्रवेश गरेपछि खैलाबैला मच्चियो ।

मधेसवादी दलले सर्वदलीय बैठकमार्फत प्रदेशसभाको पहिलो बैठकमै मर्यादापालकले दौरा सुरुवाल लगाउन नपाउने व्यवस्था गरे, जसका कारण उनीहरु अनौपचारिक पोशाकमा ड्युटी खटिए । उनीहरु मर्यादापालक हुन् भनेर चिनाउन ब्याच लगाइएको थियो ।

सोमबार कार्यव्यवस्था परामर्श समितिले सफारी सुट र सारी चोलो ड्रेसकोड तय गर्‍यो ।

तर, यो तत्काल उपलब्ध हुन सक्दैन । त्यसैले मर्यादापालकहरुले आफू खुसी पोशाक लगाउन पाउने भए ।

प्रदेशसभा सचिवालय र सांसदहरुबीच छलफल भएरै मर्यादापालकको अर्को पोशाक नबनेसम्मका लागि दौरा सुरुवाललाई अल्पकालीन पोशाकको अनौपचारिक मान्यता दिइएको स्रोतले जनाएको छ ।

अर्को पोशाक तयार नहुन्जेल आफ्नो इच्छा र सुबिधा अनुसारको पोशाक लगाउन छुट दिइएको संसद सचिवालयबाट काजमा खटिएका सहसचिव बंशीराज पौडेलले जानकारी दिए ।

उनले भने-माननीय ज्यूहरुले मधेशमा धेरै गर्मी हुने भएकाले दौरा सुरुवाल उपयुक्त नहुने सुझाव दिनुभयो । अब पुरुषले क्रिम कलरको सफारी सुट र महिलाले पनि सोही कलरको सारी र ब्लाउज लगाउने गरी पोशाक तयार हुँदैछ, त्यो नहुन्जेल दौरा सुरुवाल लगाए पनि छुट भयो ।’

तर, मर्यादापालक दौरा सुरुवाल लगाएर आएपछि मधेशवादी दलका नेताहरुले आपत्ति जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment