Comments Add Comment

‘पारस’मा नीता र प्रज्ज्वलको जोडी


मोडल प्रज्ज्वल सुजल गिरीले गतिलो अवसर पाएका छैनन् । चलचित्रमा उनले निरन्तर काम त गरिरहेका छन्, तर चर्चा खासै पाउन सकेका छैनन् । प्राय चलचित्रमा खलनायकको भूमिकामा देखिदै आएका प्रज्ज्वल अब भने एक चलचित्रमा मुख्य नायिकाको रुपमा देखिदैछन् ।

उनले चलचित्र ‘पारस’मा मुख्य नायकको रुपमा काम गर्न लागेका हुन् । यो चलचित्रमा उनको जोडीको रुपमा नायिका नीता ढुंगाना देखिदैछिन् । यो पूर्ण रुपमा लभ स्टोरी चलचित्र भएको नायिका नीता ढुंगानाको भनाई छ । चलचित्रलाई जयन श्रेष्ठले निर्देशन गर्दैछन् ।

चलचित्रको छायांकन चैत्रबाट सुरु हुने बताइएको छ । पहिलो पटक पर्दा शेयर गर्न लागेका नीता र प्रज्ज्वलको जोडी कस्तो देखिने हो, यसका लागि समय कुर्नैपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment