Comments Add Comment

प्रदेश ३ को मन्त्रिपरिषद्ः जम्मरकट्टेल ‘गृह’मन्त्री, स्थापित पूर्वाधारमन्त्री

२९ माघ, हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।

माओवादी केन्द्रबाट शालिकराम जम्मरकट्टेल र एमालेबाट केशव स्थापित मन्त्री बनेका छन् । जम्मरकट्टेलले प्रदेशको गृह मन्त्रालय मानिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालय सम्हाल्नेछन् भने स्थापित भौतिक पूर्वाधार मन्त्री बनेका छन् ।

उनीहरु दुबै जनालाई सोमबार प्रदेश प्रमुख अनुराधा कोइरालाले सपथ ग्रहण गराएकी छन् ।

आन्तरिम मामिला मन्त्रालय नपाएपछि जम्मरकट्टेलले सरकारमा जान आनाकानी गरेका थिए ।

तर, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच छलफल भएपछि सहमति जुटेको छ । वार्ता लगतै प्रचण्डले प्रदेशसभा संसदीय दलका नेता जम्मरकट्टेललाई फोन गरेर सरकारमा सहभागी हुन निर्देशन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment