Comments Add Comment

मृत्युबोध गराउने दीपकको नयाँ भिडियो

फुजेरा / रोजगारीका लागि यूएईको फुजेरामा चार वर्षदेखि कार्यरत स्याङ्जाका दिपक काफ्ले चर्चित नेपाली गायकहरुका गीतमा मोडलिङ गरिरहेका छन् ।

नायक जीवन लुइँटेल जस्तै मुखाकृती र जिउडाल भएका काफ्ले अभाव र ब्यस्तताकावीच यूएईबाट कलाकारिता मोह देखाइरहेका छन् ।

गायिका मेलिना राई, प्रमोद खरेलका गीतहरुमा मोडलिङ गरेर अभिनयमा पाइला चालेका काफ्लेले यसपाली सदाबहार गायक रामकृष्ण ढकालको मर्मस्पर्शी गीतमा जिवन्त अभिनय गरेका छन् ।

अघिल्लो भ्यालेनटाइनमा प्रमोद खरेलको तिम्रो साथ… बोलको गीतमा नायिका नम्रता सापकोटाको साथमा मोडलिङ गरेका काफ्ले यसपाली रामकृष्णको मृत्युचेत गराउन सफल कारुणिक गीतमा रजनी केसीका साथमा आएका छन् ।

मानव जीवनको अन्तिम सत्य मृत्युलाई बोध गराउने यो भिडियो म्युजिक नेपालको युट्युब च्यानलबाट फेब्रुअरी ९ तारिख सार्वजनिक भएको हो ।

योभन्दा अघि गायिका मेलिना राईको मन पराए… तिमीलाई बोलको गीतमा झापाकी रेनु रिजालसँग प्रेमिल गीतमा अभिनय गरेका काफ्ले चौथो प्रयासमा आफूलाई अब्बल साबित गर्दै लगेका छन् ।

मृत्युबोध गराउने यो मार्मिक गीतमा रजनी केसीको प्रस्तुति पनि हेर्न लायक बनेको छ । मानेन मानेन… बोलको गीतमा तीन वर्षअघि प्रिया भण्डारीका साथमा पहिलोपटक क्यामरा फेस गरेका काफ्ले यूएईको रोजगारीका साथमा आफ्नो कलाकारिता यात्रालाई निरन्तर अगाडि बढाइरहेका छन् ।

थोरै तर स्तरीय म्युजिक भिडियोमा अभिनय गरेका काफ्लेले यो गीतमा कुशल अभिनय गरेर आफूलाई अब्बल सावित गरेका छन् ।

कुमार केसीको निर्देशनमा बनेको यो गितको म्युजिक भिडियोको छायांकन दुर्गा पौडेलले गरेका छन् । यूएईमै श्रमरत गितकार सुरज गैरेको शब्द र सन्तोष केशीको संगीत रहेको यो गीतको भिडियो यसयस डिजिटल म्युजिकले सार्वजनिक गरेको एक साता नबित्दै करिब २५ हजारले हेरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment