Comments Add Comment

बुटवलमा सातौं क्यान इन्फोटेक : १ लाख दर्शक र २ करोड कारोबारको अनुमान

२९ माघ, बुटवल । बुटवल मण्डपमा फागुन २ देखि ६ गतेसम्म हुने सूचना प्रविधिसम्बन्धी मेला सातौं स्टार्टअप क्यान इन्फोटेकको तयारी पूरा भएको छ ।

मेलाको एमाले संसदीय दलका नेता शंकर पोखरेलले उद्घाटन गर्नेछन् ।

महासंघले सोमबार बुटवलमा पत्रकार सम्मेलन गरी मेलाको सबै तयारी पूरा भएको जानकारी दिएको छ । मेलामा १ सय ३० स्टल प्रदर्शनीमा रहने आयोजकले जनाएका छन् ।

क्यान महासंघका केन्द्रीय उपाध्यक्ष नवराज कुँवरले मेलामा दर्शकलाई सूचना प्रविधिका बारेमा जानकारी दिने उद्देश्य राखेको बताए ।

मेलामामा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन, मोबाइल एसेसरिज, डिलर र डिस्टि्रब्यूर्टस, टेलिकम्युनिकेसन, आइएसपी, सफ्टवेयर सोलुसन्स लगायतका स्टल रहने क्यान रुपन्देहीका अध्यक्ष नारायण श्रेष्ठले बताए ।

मेलाको २ लाख दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ । सर्वसाधारणहरुलाई प्रवेश शुल्क ५० र विद्यार्थीहरुलाई २५ रुपैयाा तोकिएकोे छ ।

मेलाका लागि बुटवल मण्डप चिटिक्क सिँगारिएको छ । १ लाख दर्शकले अवलोकन गर्ने, २ करोड बराबरको कारोबार हुने अपेक्षा आयोजकले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment