Comments Add Comment

रोल्पामा ग्लोबल आइएमईको ६९औँ शाखा रहित बैंकिङ सेवा


२९ माघ,काठमाडौं । ग्लोबल आइएमई बैंकले सोमबारदेखि रोल्पा जिल्लाको माडी गाउँपालिका २ घर्तीगाँउमा आफ्नो ६९औँ शाखारहित बैकिङ सेवा सुरु गरेको छ ।

माडी गाउँपालिका २ घर्तीगाँउमा खोलिएको सेवाको २९ गते सोमबार मादी गाउँपालिका प्रमुख नन्दबहादुर पुनले उद्घाटन गरे । उक्त स्थानमा खोलिएको सेवाको लागि स्थानीय कमल घर्ती मगरलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ ।

कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको क्षेत्रका बासिन्दा बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ सेवा सुरु गरेको हो ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले १ सय १५ वटा शाखा, १ सय २७ एटिएम, ४ वटा क्सटेन्सन काउण्टर १४ वटा राजश्व संकलन काउण्टर ६९ शाखा रहित बैंकिङ सेवा मार्फत आफ्ना ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ सेवा, मोबाइल बैंकिंङ सेवा, इन्टरनेट बैंकिंङ सेवाको साथमा अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment